"अनमोल छौ तिमी !!"

एउटा कागज त हौ नि तिमी

पानीमा भिजाउदा निइथ्रुक्क हुन्छौं 

आगोमा पोलदा राश हुन्छौं

जोडले कुच्याउदा कुचुक्क हुन्छौं

अनि हावामा रख्दा उडेर जान्छौ

फेरि कसरी यति अनमोल छौ तिमी ??

 

न सुनले बनेको हौ तिमी न चाँदीले

सिर्फ एउटा कागजको बस्तु हौ तिमी

छैन त्यो कागजको केही मोल

च्यातिन्छ आज फलिन्छ भोलि

लेखिन्छ आज कोरिन्छ भोलि

फेरि कसरी यति अनमोल छौ तिमी ??

 

सबैको भोक तिमी

सबैको प्याश पनि तिमी

तिमी नहुदा को एक पलमा

रहन्न कसैको जिन्दगानी

कसैको देहमा तिमी

कसैको नसामा तिमी

फेरि कसरी येति अनमोल छौ तिमी ??

 

कति धेरै नामले परिचित छौ आज तिमी

सिक्का, आर्थत अङ्ग्रेजीमा coin

पैसा , आर्थत अङ्ग्रेजीमा money नोट या रुपैयाँ

दाम त अज प्रचलित नै छ

तिम्रो सुगन्धले ल्यौछ येहा भुकम्प

जस्लाइ सम्मान स्वोरुप भनिन्छ नोटकम्प

फेरि कसरी यति अन्मोल छौ तिमी ??

 

तिमी बिना यो संसार अधुरो रे 

तिमी बिना यो मानिस अपुरो रे

तिमी बिना के चै हुँदैन यहाँ

मेलमिलाप देखि युद्ध सम्म

माया देखि घृणा सम्म

न्याय देखि अन्याय सम्म

विद्वान देखि मूर्ख सम्म

सुकर्म देखि कुकर्म सम्म

ज्ञानिगुणि देखि गुन्डागर्दी सम्म

फेरि कसरी यति अनमोल छौ तिमी ??

 

आज यो दुनियाँलाई स्वार्थ बनाउने नै तिमी

आज यो मानिसलाई लोभी बनाउने नै तिमी

हरेक को सपना तिमी

तर कसैको मात्र बिपना तिमी

हरेक बस्तुदेखि मानिसको मोल

तिमीसंग नै दजिन्छ नि

त्यसैले त म भन्छु ; "अनमोल छौ

तिमी !!" ।।