सुन्दरताको समाधी ( कविता )

राम्री

निकै राम्री

तिमी राम्री छौ

यस्तै सुन्ने गर्थेँ

आफैमा टोलाउने गर्थेँ

म त्यस्तो राम्री छु र?

मलाई यसै भनिराछ्न्

कहिले लाग्ने गर्थ्यो

मेरो सुन्दरता देख्नेहरु

मेरा मन देखुन्

के कसैलाई राम्रो लाग्दैमा

कोहि मन पर्दैमा

प्रेम गर्नु पर्छ र?

धेरै आए प्रेम गर्छु भन्ने

प्रेम गरेर खुसी दिन्छु भन्ने

तर कोहि छैनन् अहिले त्यस्तो

आफ्नो साथी मान्नेहरु नि टाढा हुँदै गए

म सँग पढ्ने साथीहरु

म सँग खेल्ने सखीहरु

मेरा छरछिमेकीहरु

मेरो रुप हेर्न नि डराउछन् किनकी

म सिकार भइसकेँ

एसिड प्रहारमा परिसकेँ

सुन्दारीबाट कुरुप भैइसकेँ

आफ्नैले पनि नजर जुधाउन छोडिसके

अहिले सोच्छु आफैमा

आफै भित्र हराउने गर्छु

के प्रेम प्रस्ताप अस्विकार गर्दैमा

के गल्ती गरे मैले?

क बिगारे तिम्रो ?

के अब मलाई स्विकार्न सक्छौ?

पक्का सक्दैनौ

किनकी

तिम्रो प्रेम

मेरो सुन्दरतामा थियो

जुन मैले गुमाईसकेँ

कहिले हेर्ने गर्छु मेरा

पुराना फोटाहरु

एनामा आफैलाई हेर्ने गर्छु

अनि आफै रुने गर्छु

पढ्ने गर्छु

त्यो पुरानो कमेन्टहरु

अनि हराउने गर्छु आफैमा

कता हराए त्यी सबै

जुन मलाई राम्री देख्थेँ

अहिले राम्री भन्ने शब्द नि छुरा बनेर

हानिरहेछ

अब म मर्नु र बाँच्नुमा कुनै फरक छैन

मेरो सुन्दरता माथी खेल्नेहरु

अहिलेनि यो पापी समाजमा घुम्दै छन्

न्याय पाउला र मैले?

पक्का पाउदिन

किनकी मैले मेरो पुरानो रुप पाउन

सक्दिन

पुरानो साथीहरु जस्लाई मैले

कुरुपकै करणले घुमाएँ

पक्का पाउन सक्दिन

सक्छ्स् भने सरकार

यस्तो हरकत गर्नेलाई फाँसी दे

किनकी

मैले मनको आँखाले देखिसकेँ

अझै कयौ दिदी बहिनीहरु

कुरुप हुन बाकीछन्

कायौ को इज्जत माथी दाग लाग्न

बाकी छ त्यसैले म जस्ता कयौको बलिदान खेर

नजाहोस्

न्याय दे सरकार

त्यस्ता हरकत गर्नेलाई फाँसी दे

@stop acid attak

##सन्देश भट्ट