"खै त यात्रु?"

सरकारले आफूले प्रदान गरेको स्वास्थ सम्बन्धी मापदण्ड बहन गरेर लामो दुरीका सवारी साधन सञ्चालन का लागि असोज १ बाट अनुमति दिइसकेको छ । विश्वकर्मा पूजा लगतै लगभग नेपालभर का सम्पूर्ण सवारी साधन सञ्चालनमा आएका छन् । करिव ६ महिना देखी अस्तव्यस्त सवारी व्यवस्था वर्तमान मा सञ्चालनमा आएतापनी यात्रु भने कम नै छन् । कोरोनाको डरले यात्रुहरू सार्वनिक सवारी चढ्नै डराइरहेका छन् । पूर्ण सिट क्षमता अनुसार सवारी साधनले ५०% मात्रै यात्रु बोक्न पाउने साथै यात्रुले पनि तोकेको भन्दा डबल भाडा तिर्नुपर्ने मापदण्डमा उल्लेखित छ। प्रारम्भिक समयमा यात्रु कम भएतापनी बिस्तारै सो दर बढ्ने सवारी धनिहरुको भनाइ छ । महान चाड दशैं का लगि भने अनलाइनबाटै टिकट बुकिङ गरिने बताइएको छ ।