हेल्लो सरकार !! २०७७ साललाई शुन्य साल बनाउनु पर्‍यो ....

✍️ सुर्य तेज शाक्य

हेल्लो सरकार ! २०७७ साललाई शुन्य साल बनाउनु पर्‍यो । व्यापार ब्यवसाय ठ्प्प छ।ब्याज अनि घर बहाल कसरी तिर्ने? छुट दिन सक्दैन भने २०७८ साल देखि तिर्नुपर्ने ब्याज /भाडामा २०७७ साल को ब्याज /भाडा २ बर्षे किस्ताबन्दी मा भाग लगाई तिर्ने ब्यवस्था गर्ने कि ? यस्तो विषम परिस्थितिमा अलिकति राहत हुन्थ्यो कि? लकडाउन खुल्ने बित्तिकै ह्वात्तै व्यापार हुँदैन ,बढ्दैन सरकार यो बिषयलाई गम्भीरता पुर्वक लिनु पर्यो। पसल खुल्ने बित्तिकै घरबेटी, बैंक ,सहकारी ढोका मा उभिन्छन !! कसरी तिर्ने? नतिर्ने भन्न खोजेको हैन तर समय दिनु पर्यो। यस बिषयमा सरकारले सरोकारवाला सँग मध्यस्थकर्ताको भूमिका निर्वाह गरिदिनुपर्छ ।

चित्त बुझ्नेले बढी भन्दा बढी शेयर गरेर संबंधित निकाय सम्म पुर्याउनु सहयोग गर्नु होला।

 

✍️ सुर्य तेज शाक्य

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news