डियर कोरोना

डिएर कोरोना

आफू बाँच्नलाई
आफ्नो स्वार्थलाई
निर्दोषलाई मार्न तयार छ मान्छे

तिमी
हामी सबै मान्छे ।।

अब
हामीलाई नै मार्दैगरेको
झन् खतरनाक तिमी
कसरी बच्न सक्छौं
डिएर कोरोना
तिमी त पक्कै छिट्टै
जरुर मारिने छौ ।।

तर
सुन कोरोना
तिमी निर्दयी नै हौ
भन्न पनि हामीलाई हाम्रो
आफू भित्रको थोरै बचेको राम्रोले दिदैन
हामीलाई थाहा छ
साएद तिमीले आफू बाँच्नलाई मारिरहेका छौ
त्यसरी नै
जसरी हामी आफ्नै दाजु भाइ संग रगतको होली
पशुपंक्षीको बली
जंगल फडानी
दौड पैसाको लागि
आदि इत्यादि गर्दै छौं
आँफै बाँच्न भनेर ।।

खैर जे भए पनि
तिमी हाम्रो शत्रु नै हौ
एक असल शत्रु
एक बलियो शत्रु
तिमी असल भयौ यस अर्थमा
जसलाई पछार्न
दुश्मनीमा जिइरहेका हामी भाइ-भाइ
मिल्न थालेका छौं
अनि
सबै मिलेर पनि तिमीलाई हराउन गार्हो भइरहेछ
त्यसैले तिमी बलियो भयौ
तर इतिहास साक्षि छ
तिमीजस्ता धेरै आए
कराए
तर्शाए
सकेनन् अनि
हारेरै गए ।।

त्यसैले कोरोना
तिमिसक्दैनौ
तर प्रयास गरिराख्न पायौ
तिमी बाँच्न खोज
हामी मार्न खोज्दै छौं
कोही तिमीलाई मार्न दगुरिरहेका छौं
डियर कोरोना
थाहा छ
तिमी यति मन नपराइएका छौ कि
तिमी मर्नु अगाडीनै
कोही तिम्रालागि कात्रो किन्न बजार गएका छन्
हामी ढुक्क छौं
यो चलचित्रमा पनि
जीत हिरोकै हुन्छ
आफ्नो लागि दुबै हिरो
एक अर्काको लागि दुवै भिलेन
तर यथार्थमा
तिमी भाइरस
तिमी बढी भिलेन
हामी बढी हिरो ।।