अर्थ

म खोजिरहेछु, अस्मिताको अर्थ, न्यायको अर्थ ।

म भौंतारी रहेछु,

यत्रतत्र,

दौडिरहेछू खोजिरहेछु,

हरेक जनामा,

शब्दकोशको पानापानामा ।

 

 त्यो नादान बालिकाको पुकारमा

 आँशु भरिएको याचनामा,

त्यो पीडादायी चित्कारमा,

यत्रतत्र सर्वत्र,

ति मोतिका दानामा ।

 

 कानूनका गोठालाहरूको ढोका ढोका ढोकामा,

आफ्नी मृत छोरीलाई श्रद्धाञ्जलि दिन,

आफ्ना पिडाहरूलाई तिलाञ्जलि दिएर, 

दौडिरहेका पाइलाहरूमा,

यत्रतत्र सर्वत्र ,

 ति आमाबाबुका आँखाहरूमा ।

 

 एक बालिकाको पिडामा रमाउने,

  गिद्धे पुरुषहरुको दानवी पानामा,

 त्यस्ता दबाबलाई संरक्षण दिने,

 हरेक मनमा ।

 

कुर्सीको लालचमा रमाउने नेताहरूमा, छोरीका आमाबाबुको बाध्यताहरुमा,

हो, 

म खोजिरहेछु,

यत्रतत्र सर्वत्र,

जीवनकोअर्थ,

अस्मिताको अर्थ,

 न्यायको अर्थ 

संविधानको अर्थ ।

 

              - प्रशान्त घिमिरे