नेताहरुको यथार्थ

भेडाहरुको सहानुभूति पाउनका निम्ति भ्रष्टाचार गर्दैनौँ भन्दै अनगिन्ती कसम खान्छौ र यो सब भ्रम हो ।

तिमी आउ सकेसम्म तिम्रो काखको दुधे बालकलाई पनि साथमै ल्याउनु ,हामी अबिर लगाएर पार्टी प्रवेश गराउँछौ।अर्को जन्मन तयार छ भने पनि नाम चै टिपाई हाल्नु। हामिले भेडाहरुलाई हाम्रो संख्या मात्र धेरै देखाउनु छ। जनतालाई मत (भोट )उत्पादन गर्न प्रयोग गर्नु छ । अनि पार्टीलाई प्रयोगशाला बनाउनु छ। हामी बोलिमा मात्र परिवर्तन चाहन्छौ , समृद्धि चाहन्छौ, । अशिक्षितहरुको भिडमा भ्रमको खेती गर्छौ, झुटलाई पनि सत्य भन्छौ किन भने हामी जनताको रगत पसिना चुस्न चाहन्छौ, हामी भित्र स्वार्थ छ, लालच छ, घमण्ड छ त्यसैले त हामी नेता हौ । 

भेडाहरुको सहानुभूति पाउनका निम्ति भ्रष्टाचार गर्दैनौ भन्दै अनगिन्ती कसम खान्छौ । यो सब भ्रम हो ,अन्धभक्तहरु ताली बजाउँछन ,अनि हामी गर्व महसुस गर्छौं । सत्ता र बहुमतको भरमा आफ्ना आसेपासे, प्रलोभन देखाएर पार्टी प्रबेश गराएका अवसरवादिहरुलाई जागिर दिन्छौं । हाम्रो के जान्छ र जनताले कर तिर्नै पर्छ । स्थानिय तहमा आएका सेवा सुबिधा आफ्ना हनुमानहरुलाई मात्र दिन्छौं , त्यहॉ भएका अन्य जनता को हामिलाई के वास्ता ? हामी उदाहरण बन्नै चाहादैनौ । खुल्ला प्रतिस्पर्धा चाहदैनौँ । समानता चाहदैनौँ तर पनि बाल मस्तिष्कहरुमा राजनिती भर्न चाहन्छौ , भेडाहरुलाई के थाहा यहाँको यथार्थ यस्तैछ।

        - नविन मैनाली