तयार भयो घरेलु मैदान

वडा कार्यालयले दुई महिनाको अवधि भित्र उक्त मैदान निर्माण गर्नु भनेतापनि विन्धवासिनी युवा क्लबले सो कार्य एक हप्ता भित्रै सम्पन्न गरेको छ।

 तारकेश्वर न.पा धितालथोक,५ ।

विन्धवासिनी युवा क्लब र गोलढुंगा वडा कार्यालयको प्रमुख साझेदारीमा धितालथोक ५ मा घरेलु मैदान निमार्ण कार्य सम्पन्न भएको छ । वडा कार्यालयले दुई महिनाको अवधि भित्र उक्त मैदान निर्माण गर्नु भनेतापनि विन्धवासिनी युवा क्लबले सो कार्य एक हप्ता भित्रै सम्पन्न गरेको क्लबका अध्यक्ष्य निमेश धितालले बताउनुभयो ।

नेकपा एमालेका युवा नेता साथै तारकेश्वर खेलकुद परिषद्का सदस्य प्रमेश धितालको प्रमुख पहलमा सम्पन्न गरिएको सो मैदान द्वारा स्थानिय खेलकुद प्रेमीलाई ठुलो मद्दत पुगेको छ ।

हिजोबाट मैदान खेलकुद प्रयोजनका लागी प्रयोग भएसगैँ सम्पूर्ण गाँउवासीमा खुसी जागेको र आगामि दिनहरूमा सो मैदानको संरक्षण र सम्बंर्धन विन्धवासिनी क्लब साथै सम्पूर्ण स्थानियले गर्ने क्लबका कोषाध्यक्ष रबिन धितालले प्रष्ट्याउनु भयो।

 

तस्बिर : रबिन धिताल