"१०अक्टोबरमा अन्तरतम नेपालद्वारा चेतनामुलक कार्यक्रम आयोजना हुदैँ"

मानसिक समस्या एक जटिल परिस्थिति हो, यस्तो पक्षसँग कसरी चाँहि जुध्न सकिन्छ त्यो बारे जनचेतना फैलाउने मुख्य लक्ष्य यस कार्यक्रमको हो।

१० अक्टोबर, विश्व मानसिक स्वास्थ्य दिवस,यहि दिनलाई लक्षित गर्दै समाजसेवा र युवा जागनी को क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको अन्तरतम नेपालले मानसिक स्वास्थ सम्बन्धि जनचेतनात्मक कार्यक्रम आयोजना गर्दैछ ।

यस कार्यक्रममा जुनसुकै व्यक्तिले पनि आफुले भोगेको मानसिक समस्या वा आफुले देखेको वा मानसिक स्वास्थ्य सँग सम्बन्धित जुनसुकै रचना ८ अक्टोबर भित्र पठाउन सक्नेछन् ।

सहभागिहरुद्वारा प्राप्त भएका विभिन्न सामग्रीलाई विश्लेषण गर्दै १० अक्टोबरमा मानसिक स्वास्थ्य सँग सम्बन्धित विशेष व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम भर्चुअल्ली आयोजना गरिने छ ।

"हेल्प अस, हेल्प यु" थिम सहित पस्कने जमर्को गरेको यस कार्यक्रमको मुख्य ध्येय भनेको मानसिक स्वास्थ सम्बन्धि व्यक्तिहरुको विचार र धारणा प्रस्फुटन गराउनु हो ।