डा. केसिको सत्याग्रहलाई किन बेवास्ता गरिदैँ छ सरकार

सरकारको पक्षबाट केही ठोस कदम नचालिनु ले यो प्रष्ट छ कि मेडिकल माफियाको इसारामा सरकार चल्ने गर्छ।

डा. गोबिन्द केसि आज २१ औँ दिन अन्सनमा छन् ,यहि नै सत्याग्रह हो र उनको स्वास्थ कम्जोर अनि नाजुक बन्दै छ तर पनि सरकार मौन छ । सरकारको पक्षबाट केही ठोस कदम नचालिनु ले यो प्रष्ट छ कि मेडिकल माफियाको इसारामा सरकार चल्ने गर्छ। हुन त अपराधिहरुको संरक्षण गर्नु लाई आफ्नो कर्तव्य ठान्नेहरुले कसरी जिम्मेवारी निभाउन सक्छन ? इतिहासले पनि यहि बताउँछ सहि , सत्य र जनताका हितका निम्ति चालिएका कदम र आवाजहरुलाई दबाउने गरिन्छ । उदाहरणका लागि मदन भण्डारी ,राजा बिरेन्द्र लाई लिए हुन्छ ।जनताका निम्ति डा.केसि भनेको औशिको अन्धकार रातहरुमा कहिकतै देखिने दिप हुन ।जो अन्धकारको जालोलाई चिर्न चाहान्छ्न ।तर कालो सोच बोकेर , कालो स्वार्थ बोकेका लालची , दलाल हरुले कसरी बुझ्न सक्छन ? सरकार देखेर पनि अन्ध छ, जनआवाज सुन्छ तर पनि किन बेवास्ता गर्छ ? सरकारको यो खोक्रो आडम्बर कतिदिन टिक्ला ?

     स्वास्थ क्षेत्रमा देखिएका ब्यतिथी , अनियमितता,भ्रष्टाचार कै कारण कति गरिब , दुखी जनताहरुले उपचारको अभावमा ज्यान गुमाउनु परेको छ। निजि अस्पतालहरुको महङ्गो उपचार खर्च तिर्न नसकेर घरबार बिहिन हुनु परेको छ ।डाक्टर बन्ने क्षमता भएका गरिबका छोराछोरी हरुले पढ्न पाएका छैनन । के डाक्टरी पेशा धनी बर्गहरुको लागि मात्र हो? डाक्टर केसिका मागहरु जायज छन । देश , जनताका हितमा छन र ती मागहरु पूरा गर्नु सरकाराको दाईत्व हो ।परिवर्तन र समृद्धि का कुरा गर्ने तर जन आवाज नसुन्ने सरकार गल्ती कति गर्छौ ? एकपलको लागि जनताका बिषयमा सोचिदेउ केही राम्रो निर्णय गरिदेउ ।आज एउटा गोबिन्द केसि देखेको होला तर यहाँ त्यस्ता लाखौ गोबिन्द केसिहरुको जन्म हुदैछ कतिलाई बेवास्ता गरेर सक्छौ? अब जनता चुप बस्ने छैनन, अन्याय लाई सहन सक्ने सामर्थ्य को बाँध टुटि सकेको छ । अब केवल मैदानमा उतृन बाँकी छ सरकार । त्यसैले डा . केसिको जीवन रक्षामा पहल गरिदेउ , स्वास्थ क्षेत्रलाई भेदभाव रहित बनाईदेउ ।

       - आशिष वाग्ले