मानव जातिमा आज र भोलि

सपना त् धेरै थिए नि ? तर उनको आफनै स्वभावले त्यस्तो गरायो I गल्ति ति हातहरुका हुन् र दोषपनि हातलाइ नै दिम I गालि त्यो बिग्रेको मतिलाई गरम कुनै जात, समुदाय अथवा संस्कृतिलाइ हैन I

तपाइँले सोच्न जरुरि छ !

मानव जातिमा आजभोलि शिक्षाको अभाव भइरहेको पाहिंन्छ I साथै सोच्ने क्षमताको पनि कमि भइ रहेको हामीहरुले महशुस गर्न सक्छौ I यता कता आजभोलि बजारमा हामी देखन सक्छम कि जातियको नाममा र धर्मको नाममा धेरै जसो घटनाहरु घटिरहेका छन I हामी यो जातको त् त्यो जातको भन्ने भनाइहरु हामीले धेरै जसो स्थानमा सुन्न पाउछौ I कतै जातको नाममा कुटा-कुट भइरहेको छ भने कतै हेपाहा प्रबिधि छाइ रहेको छ I कतै धर्मको नाममा दाजु भाइ लडीरहेको छन् भने कतै युद्को सुरुवात हुने कि जस्तो स्थिति सृजना भै सकेको छ I गएको साता हामीले अझ अर्को एउटा नया कुरा के देख्न पाएम भने आफु बस्ने राष्ट्रको झण्डा जलाउदै, कुनै एउटा व्यक्तिगत जातको नाम लिदै आगो लगाएको देखियो र प्रति उत्तरमा धर्म नै अगाडि आएको छ I धर्म कै नाममा बिभिन्न कार्यहरु हुदै गइरहेको छ I यस स्थितिले विश्वमा धर्मको नाममा युद् हुने प्रस्टै अनुमान गर्न सकिन्छ I हामीले धेरै वर्ष यता वाट सुन्न र देख्न पाएका छौ कि धर्म प्रति सबैको आस्था भएको हुनाले धर्मको नाममा जे पनि गर्ने त्यार हुनेहरुलाई एउटा हतियार या भनौ कटपुतली जसरि चलाएर जता ततै आतंक मच्चाएको छ I धर्मनै सबै भन्दा श्रेष्ठ हो र धर्ममा न भनिएका वा भनौ यो नगर भनि धार्मिक ग्रन्थमा लेखिएको कुरालाइ पनि यस्तो भए गर्नुपर्छ र मरेपछि स्वोर्गको बास हुन्छ भनि काम चलाइने गरिन्छ I धर्म या जात या रंगका आधारमा झैँझगडा भइ रहेको छ र यो भै नै रहन्छ I हाम्रो मानसिक सोच बिचार नस्ट हुदै गइरहेको छ I तर मानवजातिलाइ यो कुराको भान छैन I

 

हिन्दू दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । उदाहरणका लागि ज्ञानका चार भाग ऋग्वेद, यजुर्वेद, सामवेद, र अथर्ववेद छन् । प्राणीका चार विभाजन स्वेदज, जरायुज, अण्डज र उद्भिज छन् । वर्गीकरण र विभाजन क्रमको दृष्टिले नभई अध्ययनको दृष्टिले गरिएको हो । यस विभाजनको उद्देश्य मानिसका विशेषताहरूको आधारमा वर्गीकरण र विश्लेषण गर्नु हो । खप्तड स्वामीले वर्णाश्रम व्यवस्थालाई वंशानुक्रम र वातावरण दुवैलाई ध्यानमा राखेर बनाइएको सामाजिक व्यवस्था बताएका छन् । आधुनिक चिकित्सा विज्ञानले पनि मानिसको रगतका श्रेणी तथा क्रोमोजोमलाई चार प्रकारले नै विभाजन गरेको छ । वर्ण व्यवस्थाको आधार ऋग्वेद पुरुष सूक्तमा निहित छ । ब्राह्मणस्य मुखामासीद्बाहुराजन्य कृतः। उरु तदस्ययद्वैश्यः पदभ्यांशूद्रो अजायतः।। त्यस्तै विचार गीतामा पनि व्यक्त गरिएको छ– चातुर्वर्ण्यं मया सृष्ट्वा गुण कर्म विभागश ।।४.१३।। वैदिक वाङ्मयको वर्णव्यवस्था अतीव निर्मल र पवित्रतम छ ।

श्रीमद्भगवद्गीताको अध्याय १८ मा यस विभाजनको विवरण निम्नलिखित छ–

ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप ।

कर्माणि प्रविभक्तानि स्वभाव प्रभावैर्गुणैः ।।४१।।

शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च ।

ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ।।४२।।

शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।

दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३।

कृषि गौरक्ष्यवााणज्यं वैश्यकर्म स्वभावजम् ।

परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ।।४४।।

स्वे स्वे कर्मण्यभिरतः संसिद्धि लभते नरः ।

स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ।।४५।।

 

श्रीमद्भगवद्गीतामा कृष्णले अर्जुनलाइ भन्दै हुनुहुन्छ कि जन्मदा सबै मानिसहरु शुद्रसमान हुन्छन् I त्यसपछी मात्र उ अरु जातमा प्रवेश गर्दछ I जात भनेको एउटा समुहलाइ बुझ्न सक्छम साथै बर्ण भन्नाले कामको आधारमा छुट्टा-छुटटै बर्णन गरिएको छ I हामी मानव जाति एति बिदि हतार गर्छम कि कसैको जन्म हुन् नपाइ उस्को वर्ण छुट्टाउछौं I वैदिक सभ्यताअनुसार कुनै सुशिक्षित मानिस अथवा आत्माको विषयमा जानेको व्यक्तिलाइ ब्राम्हण भनिन्छ I भारतमा ब्राम्हणलाइ विद्वान भनेर सम्बोधन गरिन्छ, तर वास्तवमा कोहि पनि जन्मको आधारमा ब्राम्हण हुन् सक्दैनन् I ब्राम्हणहुन् उसले आत्मा के हो भन्ने कुरा जानेको हुनुपर्दछ I

त्यसैगरी क्षत्रीय वर्ग भनेको जुन वर्गले राज्यको सुरक्षा गर्नसक्ने र अरुको सुरक्षाका लागि हथियार चलाउंने तथा शासन सञ्चालन गर्ने क्षमता राखछ या इच्छा गर्छ I यी स्वभाव भएमा मात्र निजलाइ क्षत्रीय भन्न मिल्छ I अनि बैशय वर्गमा पर्नका निमित निजको स्वभाव आर्थिक क्रियाकलापको नियमन, नियन्त्रण र विस्तार गर्ने मनसाय तर्फ डोरिन जरुरि छ I र शुद्र वर्गमा भनेको विभिन्न सिपसम्पन्न भई सबै वर्णको र समाजको सेवा गरि जिविका चलाउने वर्ण मानिन्छ I हुन् त् सबै शुद्र समान नै हुन्छन, कृष्ण स्वयमले अर्जुनलाइ भन्दै हुनुहुन्छ I त्यस अर्थ हामीले यो भन्न मिल्दैन कि यो धर्मले यो जातलाइ हेपेर आफ्ना कुराहरु या आफ्ना दर्शनहरु प्रस्तुत गरेको छ I यहा जुन सुकै धर्म तर्फ हामीले नियालेर हेर्ने हो भने कहिँ पनि कतै पनि फलानाहरु चाहि तल्लो जातका हुन् र फलानाहरु चाहि माथिल्लोका हुन् भनेको पाईंदैन I यदि पाईन्छ भने त्यो दर्शनलाइ मान्नु नै गलत हुन् जान्छ किन कि भगवान सबको लागि एक नै हुनुहुन्छ I सबै धर्मका धार्मिक ग्रन्थमा हामीले पढ्न सक्छम कि भगवान एक हुनुहुन्छ स्रिफ एक I गरुड जी ले प्रश्न गर्नु भयो कि हे भगवन मनुष्य जातिले कुन धर्मको पालना गर्नु पर्छ ? अनि भगवान बिष्णु भन्नु हुन्छ हे भक्त वस्थल गरुड मनुष्य जातिले स्वतन्त्र रुपमा जुन कुनै धर्मको पनि पालना गर्न सक्छन् तर एकाग्र चित्तले गर्नु पर्द छ I यदि कुनै मनुष्यले केहि पाउनका निमित्त भगवानको उपासना गर्छ भने भने त्यो कुरा पूर्ण हुन्छ तर उसले एकाग्र चित्तले भगवानको ध्यान गर्नुपर्दछ I

भागवादगीतामा परस्पर भेदभाव, अवहेलना र घृणाको प्रवृत्ति पाईंदैन । चतुर्वर्णक समाज स्वच्छ, समुन्नत र गतिशील हुने कल्पना गरिएको छ । चारवटै वर्णलाई समाजरूपी गाडी चलाउने चार पाङ्ग्राको रूपमा कल्पना गरिएको छ, परस्पर आश्रित हुनुपर्ने स्थिति स्पष्ट रूपमा देखाइएको छ । साथै अरु कुनै पनि धर्म ग्रन्थमा परस्पर भेदभाव, अवहेलना र घृणाको प्रवृत्ति पाईंदैन I र भगवानले कसैलाई पनि परस्पर भेदभाव, अवहेलना र घृणा गर्नु भनेको पाईंदैन I सबै ग्रन्थमा यो भौतिक लोकमा आफ्नो जीवन यापन कसरी गर्ने , धर्मका पथ, पुजाका बिधि, र विभिन्न मन्त्रहरु को बर्णन, श्लोकहरु, र धार्मिक कहानीहरुको बारे उल्लेख गरेको पाईन्छ I धर्म संकट पर्दा मात्र तिमीले सस्त्र उठाउनुपर्छ तर त्यो पनि मेरो इजाजत प्राप्त गरेर भन्नु भएको छ I इजाजत प्राप्त भनेको ग्रन्थमा त्यस बिषय प्रति के कस्ता भनाइहरु उल्लेख गरिएको छ भन्ने कुरा हो I यदि ग्रन्थमा हो त्यस विषयमा सस्त्र उठाउनु पर्छ भन्नु भएको छ भने मिल्छ नत्र मिल्दैन I र यदि बिना इजाजत हतियार उठाउनु हुन्छ भने यो प्रश्नको उत्तर स्वयम दिनुहोला कि जुन तपाइँको भगवान प्रतिको आस्था छ त्यसलाई हामीले के भनेर स्विकार्ने ? आउने पिढीले के भनेर स्वीकार्ने ? तपाइँबाट तपाईका बाल बच्चाले के सिक्ने ? भोलि को तपाइँको अस्तित्व आजको तपाईकै कार्यमा निर्भर गर्छ I आज तपाइँले कसैको तस्बिर फाक्नु भयो मानौ कोहि मरेको व्यक्तीको, अनि तपाइँले त्यो कार्य गर्दा तपाईको सन्तान तपाइँ संगै थियो अरे I अब त्यो स्थिति कल्पना गर्नुस तपाईको भित्तामा झुन्डाइएको तस्बिर कुनै दिन तपाईको सन्तानले तपाइँ जस्तै रिसको आबेशमा आएर त्यो तस्बिर फ्याल्द्यो भने के मज्जा भयो र मेरो सन्तान भनि पालेको ? आफ्नो सन्तान हुरकाउदा तपाईले धेरैकुरा को ध्यान राख्न जरुरि छ I भोलि को भविष्यलाइ आझै बाट सुन्दर बनाउने हो ढिला गरेमा के हुन्छ रावणको जस्तै हाल हुन्छ I सपना त् धेरै थिए नि ? तर उनको आफनै स्वभावले त्यस्तो गरायो I

गल्ति ति हातहरुका हुन् र दोषपनि हातलाइ नै दिम I गालि त्यो बिग्रेको मतिलाई गरम कुनै जात, समुदाय अथवा संस्कृतिलाइ हैन I

नमो नारायण !!!

               - रेस पोख्रेल