म बहुला

म लाचार बहुला, सडकको बास मेरो नपत्यौरो हाँसो, रुन्छु हाँस्छु कराउँछु कसलाई छ र चासो?

म लाचार बहुला,

सडकको बास मेरो नपत्यौरो हाँसो,

रुन्छु हाँस्छु कराउँछु कसलाई छ र चासो?

मेरा पनि कुनै दिन सपनाहरु थिए होलान्,

ती सपनाहरु आजभोलि कता गए होलान्!

जसले जे नी भनिदिन्छ बहुला बेसाहारा मलाई,

कहिले काँही त बिना कसुर खान्छु मैले कुटाई!

म विवेकहीन बहुला,

मेराे पीडा शोध बरु भुस्या कुकुरसँग,

मेराे दुर्दशमा किन मानिस हुने गर्छन् दंग?

सक्छौ भने दया देऊ नजिस्काउ मलाई,

सहयोग गरी उपचार देउ घ्रीणा सबै जलाई!

लक्ष्यहिन बहुला म,

दिमाग मेरो अपाङ्ग भएनी सपाङ्ग छ मन,

दिमाग मर्मत गर्न नसक्ने के काम त्यो धन,

धनले त भेदभाव उमारी स्वार्थी बनाउँछ,

मलाई धनले हैन प्रेम रूपी ओखतीले बिसेक बनाउँछ!

मानिसको लबाई खबाइ हैन भित्री मन लाई हेर,

मेराे दशा देख्दा मुन्टो हैन तिम्रो दृष्टिकोण फेर!

      ✍️: प्रशान्त घिमिरे

     (धर्मस्थली, काठमाडौँ)

[अक्टोबर १०,२०२० विश्व मानसिक स्वास्थ्य दिवस]