तितो यथार्थ

उषाकालबाट सन्ध्याकाल सम्मको हरेक क्षणमा,
मनमा एउटा भयले सन्त्रास मच्चाएको हुन्छ।
दैनिक विवर्धन भएको डरले,
प्रत्येक पखमा केही काज गर्ने हिक्मतको धजिया उडाएर जान्छ॥

उद्यममा जाने मार्गमा एकेक मुहारमा,
दैत्यको स्वरप देख्न थालेको छु।
स्वयम् प्रतिको स्नेहलाई मार्दै,
इज्जत र आङको संरक्षणका लागि सबैबाट अन्तर बढाउन थालेको छु॥

चोलामा पूर्ण गर्ने भनेर आभूषित गरेका स्वपनहरूमा,
असुरक्षा र कहरका निर्यासहरू पाएँ।
परिचिन्तन गर्दा,
आफ्नै पर्यावरणमा शैतान र श्वानको गन्ध र रङ्गढङ्ग पाएँ॥

सोचेको जस्तो रै'नछ जिन्दगी,
मेरो पनि काहाँ भयो र?
निरञ्जन र आशाहिन मेरो मनोवलको अस्तित्व पनि,
दीर्घ काँहा रह्यो र॥

आफ्नै सङ्गति र सम्बन्धितमा,
यस्ता नरपिशाचको समुपस्थित हुन्छ।
स्वयम् भन्दा पनि गुठुरो जुग भएका छोरीहरूसँग,
त्यो लाजमर्दो घटना घटेको सुन्दा,
यो चित्त असाध्यै दुख्छ॥

मनुष्य भएर अमानवीय काज गर्ने त्यो पशु,
अर्को सिकारको खोजमा डुलिरहेको हुन्छ।
हाम्रो सानोसोच भएको समाज,
भोला बालालाई जिउँदै मार्दै,
हरेक ति राक्षसको खुट्टा ढोग्छ॥

बैराग्यको सामना गरिरहेको त्यो मनमा,
जिवनको आशा मरिसकेपछि,
त्यो तनले सास छोड्छ।
त्यस डिम्बको जनन गरेका धाताहरूको प्राण,
जिउँदो प्रतिमा जस्तो हुन्छ ॥

न त ति आमा र बुबाले आफ्नो सन्तति आवर्तन पाउँछन्,
न त उसका लागि न्याय नै।
आखाँ खुल्ला भएर साक्षी बसेका ती आरक्षकहरू,
सो दृश्यको आनन्द लिन्छन् र कानुनको अगाडि कालो पट्टी लगाएर बोल्छन्, अन्धो भएर॥

स्त्रीको पुजा गर्ने यो परम्पराले,
पुरुषलाई सो योनिबाट नै जन्मिएको हो भन्न बिर्सिएछ।
शिवलिङ्गको परिकर्म गर्ने नारीहरूको सोही शिश्नबाट
उसको कौमार्य र तन लुटिएछ॥

शिशुको रोइ - बालिकाको सरलता - छोरीको भारा- नारीको गुरूत्व र आमाको देवत्व,
केही हेर्दैन सो पिशाचले।
बचाउन सकेन त्यो चोखोपनलाई कोही सरजन वा कोही स्त्रैणले,
न त सके स्वयम् बचाउन जगतसाक्षीले॥

पहिरन र श्रृङ्गारको मतलव बनाएको यो समाज,
त्यो स्तनपान गर्ने शिशु र वृद्ध आमालाई हेरेर चुप छ।
किन सुरक्षित भएनन् चेलीबेटी,
जब त्यस्ता दानवका लागि यौनसम्पर्ककै निम्ति विभाजित गरिएको कोठामा, स्त्रीको शरिर बिक्छ॥

पुरुषलाई मात्र कलङ्क लगाउँदिन म,
यस्तो हुनुमा नारीको पनि कहिँ खत रहेको छ।
आफ्नो हक र सम्मानका लागि नारीले,
त्यस्ता जनावरको हत्या गरेर,
आफ्नो गल्तीको भुक्तानी गर्नू जरुरी छ॥

सबलताको प्रयोग गरी,
सतीत्वहरण हरण गर्नेहरूलाई प्रलम्बित गर्नुपर्छ।
सरकार भ्रष्टाचार र बलात्कारीको सेवामा समर्पित छ, अब हाम्रा छोरीका लागि न्याय, हामीले आफै नै दिनुपर्छ॥
🦋 ~ दिपा पौडेल  

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news