म युवा बन्दैछु ।

सिरमा मेरो कर्तव्यले बास बसाल्दैछ अहो! म सँग मेरो सचेतना पनि युवा बन्दैछ।

कोपिला थिएँ अस्ती अब फूल बनी फक्रदैँछु,

जीवनको एउटा युग मैले पार गर्दैछु

हो अब म युवा बन्दै छु ।

रंगरुप मेरा देहका काचुली झैं फेरिँदैछ

अंग अंगमा मेरा विकाशको ऋतु छाउँदैछ

आहा!मेरो शरीर अब युवा बन्दैछ ।

परिवर्तनशील बेला यो अनौठो परिवर्तन ल्याउँदैछ

सिरमा मेरो कर्तव्यले बास बसाल्दैछ

अहो! म सँग मेरो सचेतना पनि युवा बन्दैछ।

मेरा पनि संघर्षका पल अब आउँदैछ 

नयाँ कुरा सिक्ने जोश र जाँगर पलाउँदैछ

वाह!मेरा महत्वकांक्षा पनि असल युवा बन्दैछ ।

मेराे त दिल पनि सोँच्न थल्दैछ 

चञ्चले भई मलाई आदेश उपदेश दिदैछ 

सुटुक्क! मेराे मन युवा बन्दैछ।

ज्ञान, सीप र शिक्षा पलाउँदै विवेकशीलता बढाउँदैछ,

पाइला पाइला डराउँदै मलाई हिँड्न सिकाउँदैछ,

लुसुक्क!मेरो मस्तिष्क मलाई युवा बनाउँदैछ ।

म भित्रका बचपना हेर्दाहेर्दै विलाउँदैछ

मेरा प्रत्येक दृश्य मलाई इमान्दारी सिकाउदैछ,

साच्चै!मेरो नैतिकता पनि युवा बन्दैछ

अन्त्यमा,

हरदिन हरपल म युवा बन्दैछु ।

असल युवा बन्छु भनी उद्घोष यो गर्दैछु ।

म युवा बन्ने कुरा संसारलाई आज भन्दैछु।

                           -प्रशान्त घिमिरे