मानिस बनेर बाचौं , मानिस बनेरै मरौं ।

शासक बिचरा पनि त हाम्रै बीचका हुन , उनिहरुलाई के दोष दिनु। कसैको सीधा होला त कसैको घुमाउरो गरी , दोष हामी सम्पूर्ण नेपालीको छ , देश हामी सबैको बिग्रँदै छ ।

खै कहाँबाट सुरु गरौं हाम्रो राम्रो देश नेपालको नराम्रा कुराहरू ?? हुन त त्यही भारत बाहेक अरु कुनै देश पुग्न पाएको छैन् , कुन राम्रो भनेर भन्नलाई । सायद आफ्नै भएकोले मलाइ नेपाल निकै नै प्यारो लागेको होला ! 

 

संसार थुर्थुर बनाइरहेको भाइरसको संक्रमण दर बढिरहेको बेला सामाजिक दूरी घटाउँदै हिड्ने हामीजस्ता जनता भएको देश ! शासक बिचरा पनि त हाम्रै बीचका हुन , उनिहरुलाई के दोष दिनु। कसैको सीधा होला त कसैको घुमाउरो गरी , दोष हामी सम्पूर्ण नेपालीको छ , देश हामी सबैको बिग्रँदै छ ।

 

पुर्खाले हाम्रो लागि निकै नै गरेका छन् । उनीहरूको मिहेनत र पसिनाको जगमा उभिएर हामी धाक लगाउँदै बस्छौ - गौतम बुद्धको देश , सीताको देश , अरनिकोको देश , सगरमाथाको देश , मठ-मन्दिरहरुको देश , यावत् यावत् । लाग्छ हामीले हामी पनि एकदिन मरेर जान्छौ भन्ने कुरा भुलिसकेका छौँ वा हामीलाई हाम्रा सन्ततिले कसरी सम्झिन्छन् भन्ने कुराको हेक्का छैन । 

 

सायद दुईचार सय वर्षपछि हाम्रा सन्ततिले हामीलाई सम्झदै शिर निहुराएर भन्नेछन् - महावीर , सन्दूक , डा. केसीको काे कदर नभएको देश , दिनहुँ औषत ७ बलात्कार भइरहेको बेला हामी अन्य देशको तुलनामा राम्रो स्थितिमा छौँ भन्ने शासक भएको देश , यावत् यावत् । 

 

काम कुरा बिग्रिनै लागिसक्यो तर अझै सच्याउन समय छ , ढिला त भइसक्यो तर अझै स्टेरिङ घुमाएर जोगिने ठाउँ छ । हामीले हाम्रा पुर्खालाई जसरी कदरका साथ सम्झिन्छौं , हाम्रा सन्ततिले पनि हामीलाई त्यसरी नै सम्झिने छन् भन्ने हामीले चाहेर मात्रै पुग्दैन , त्यसका लागि हामीले पनि निकै लगनका साथ देशमा भएका कुरीति , विसङ्गति विरुद्ध लड्नुपर्छ । 

 

मैले कुनै अर्थमा पनि हामीले सन्ततिले राम्रा भनेर सम्झिउन भनेर मात्रै राम्रो काम गर्नुपर्छ भनेर भन्न खोजेको होइन । यी सबै हामीले हाम्रै लागि गर्नुपर्ने कामहरु हुन् । हामी मानिस भएर जन्मिएपछि निभाउनु पर्ने कर्तव्यहरु हुन् । यही फरक अग्रगामी सोच अनि अदृत क्षमता न हो , नत्र हामी र अन्य जनावरमा फरक केही छैन् । अहिले सम्म जे भयो भइसक्यो तर यो मानिसको चोलामा आफू मरेर जानु अगाडि सम्ममा मानिस बनौं । मानिस बनेर बाचौं , मानिस बनेरै मरौं ।