तिम्रो शहर

कोलाहल बनेको छ्, जब शहर सुतेको हुन्छ्!

दिन भरी चकमन्न हुन्छ , कयौं प्रहार जब रहर टुटेको हुन्छ!!

सुतेको रहरको शहर , हाइ काड्छ्!

मेरा डुबेका कहाँली लाग्दा साझमा 

तिम्रा अटहासका रङ्गिन बिहानी सुरु हुन्छ

दिन र रात मेरा एक समान 

तिम्रा रात र दिन भव्य मेहमान 

मेरा पसिना मेरो बाध्यता 

तिम्रा पसिना विदेशी अत्तरको चाहना 

मेरा हकुवा चामलको सितन चौलानिको रक्सी 

तिम्रा उसिन्या ब्राउन राइस र करोडौ सपनाहरुको फ्राइड सायाम्पेन्!

मार्सी चामल पाकेका छ्न मेरा रगतले 

किम्ब्दन्तीको राछ्स तिमी बनेको छौ 

म निमुखा मेरै सपना हरुको कर तिर्छु 

टुटेका अरबौ सपना हरुको डोब बोकेर नर्कमा फिर्छु!!

 

सम्सान बनेको छ मेरो रहर 

जहाँ तिम्रा अटहास ले कुरिकुरी गरेको छ , तिम्रो शहर !!

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news