जागौं जनता जगाऔं सरकारलाई।

निजि अस्पताल दिन को एक लाख तर पनि ??????? खोइ कता गयो अनुगमन?

हेल्लो सरकार ! छ कि छैन? बरु सबैलाई बीष बाड्नु । मरिरहेकै त छ जनता।कोरोना डढेलो सरि फैली रहेकोे छ। सिकिस्त भै हाले सरकारी अस्पतालमा बेड खाली छैन। निजि अस्पताल दिन को एक लाख तर पनि ??????? खोइ कता गयो अनुगमन? लाख खर्चै हुन्छ त?कहाँ गए ऋषि कहाँ छन रबि? एउटा झिनो आश प्लाज्मा थेरापी त्यो पनि सरकारी स्तर मा छैन।सिर्फ एक दुई ठाउँ त्यहाँ पनि स्रोत साधन छैन।टिचिङ हस्पिटल मा एउटै अत्यधुनिक मेशिन त्यहाँ पनि जनस्रोत को कमि ।बिचरा एउटा मात्रै ड्क्टर उहाँ पनि लाचार क्यान्सर बिरामी को प्लेट्लेट्स बनाउने मेशिन बाट जुगाड गर्दै तैपनी जस छैन।ताली को सट्टा गाली तैपनी प्रयास गर्दै छन।अत्याधिक माग छ प्लाज्मा को जनता ८०००/- तिर्न पनि राजी छ।ब्यापारै गर बरु सरकार तर सुविधाजनक र छिटो प्लाज्मा निकाल्न सक्ने वातावरण बनाउ।वडा वडा बाट कोरोना निको भएका ब्यक्तीलाई प्लाज्मा दान गर्न प्रेरित गर्ने कार्यक्रम ल्याउ।सक्छौ आफै गर नभए जिम्मा लगाउ।

जागौं जनता जगाऔं सरकारलाई।

 - सुर्य तेज शाक्य

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news