शाकाहारीहरुका लागि अति आवश्यक यि ५ सुपरफुड;

शाकाहारीहरूलाई पोषणको कमी हुने हुनाले आहारमा ध्यान पुर्‍याउन जरूरी छ।

शाकाहारीहरुका लागि अति आवश्यक यि ५ सुपरफुड;

१. गोलभेडाँ

विश्वभर गोलभेडाँ अत्यधिक प्रयोग गरिन्छ । काँचै वा पकाएर खाइने यो फल मा प्राकृतिक रुपमै सुगर पाइन्छ साथै यसमा पोटासियम र लाइकोपिन तत्व पाइन्छ जस्ले मुटुलाई स्वस्थ राख्न मद्धत पुर्‍याउँछ ।

२. बेसार

बेसार एकदमै गुणकारी मसला हो। यसमा एन्टिइन्फ्लामेटरी गुण हुन्छ । बेसारले मुटुलाई पनि राम्रो गर्छ। दिनहुँ बेसारको प्रयोजनले शरीरलाई राम्रो गर्छ। यसले क्यान्सरमा पनि उचित असर देखाएको छ ।

३. अमला

शाकाहारीहरूले दैनिक रुपमा अमला खानु राम्रो हुन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि साथै रूघाखोकी बाट पनि बचाउँछ।

 ४. कटहर

कटहर मा विभिन्न खनिज पदार्थ, भिटामिन, कार्बोहाइड्रेट, फाइबर, इलेक्ट्रोलाइट आदि पाइन्छ । यसमा प्रचुर मात्रामा सुक्रोज र फ्रुक्टोज पाइने भएका ले शरीरलाई निकै नै फाइदा पुर्‍याउँछ ।

५. चुकन्दर

चुकन्दरमा प्रशस्त मात्रामा पोटासियम, फोलिक एसिड, म्यान्गानिज र फाइबर पाइन्छन् । शरीरमा रगत बढाउने यो फलको नियमित सेवनद्वारा रक्तसञ्चार राम्रो हुन्छ ।