"आधारको सुनौलो आयाम"

मानसिक स्वास्थ्य सेवा काउन्सिलिङ प्रतिनिधित्व गर्दै सम्पूर्णलाई समान महत्व दिएर समाजमा मानिसहरूले भोगिरहेका विद्यमान मानसिक समस्या निर्मुल, नियन्त्रण र रोकथाम गर्ने प्रमुख लक्ष्य टिम आधारको हो।

नेपालमा समाजसेवा र जनचेतनामुलक भावले सेवा प्रवाह गर्ने हजारौँ संस्थाहरू छन्। सयौँ संस्था छन् जो निरन्तर रुपमा व्यक्तिहरुको मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरू र समाधानका उपाएहरूबारे चेतना उजागर गर्दै अघि बढिरहेका छन् ।

ति मध्येकै एक हो "आधार".

समुदायमै रहेर व्यक्तिगत रुपमै जीवनको महत्व बुझाउँदै मानसिक स्वास्थ्यसम्बन्धी चेतना जगाउदैँ आएको एक उदाहरण हो आधार । आधार शुद्ध रुपमा मानसिक स्वास्थ सेवा काउन्सिलर हो जसको मुख्य ध्येय भनेको ;

- कुनैपनि मानसिक स्वास्थ्यबाट ग्रसित कुनै पनि उमेर समुहका व्यक्तिलाई सो परिस्थितिबाट पन्छिनका लागि काउन्सिल गर्ने,

- उपचारका लागि सङ्लन कार्यविधि अपनाउने,

- मानसिक स्वास्थ्य सम्बन्धि चेतनामूलक कार्यक्रम गराउने ।

टिम आधार मानिसहरुको मानसिक स्वास्थ्यको भलाइ र सामुहित हितका लागि सदैव तत्पर छ । आधार महिला सशक्तिकरण को पनि एक नौलो उदाहरण हो। टिमका महिला सदस्यहरू संस्थापक रुपमै मानसिक स्वास्थ्य सुधार प्रति खटिरहनु भएको छ । वर्तमान समयमा धेरै मानिसहरू मानसिक स्वास्थ्य समस्या बाट ग्रसित छन्। त्यसैले लक्ष्य, उद्देश्य र सेवाभावलाई आत्मसात् गरी समाजमा स्वस्थ वातावरण सिर्जना गर्दै आफुमा भएको क्षमताअनुसार विभिन्न कार्ययोजना सहित टिम आधार आफ्नो पाइला चालिरहेको छ। 

मानसिक स्वास्थ्यका बारेमा सबै बोल्न चाँहदैनन तर उक्त परिस्थितिलाई खुला र फराकिलो बनाउने जिम्मा आधारले आफ्नो काँधमा बोकेको छ । टिममा वर्तमान समयमा आबद्द सबै जना मानसिक स्वास्थ्यकर्मी हुनुहुन्छ ।

१. प्रज्ञा सुवेदी

त्रिभुवन विश्वविद्यालय अन्तर्गत मास्टर्स इन काउन्सिलिङ साइकोलोजीको अन्तिम वर्षकी विद्यार्थी प्रज्ञा सुवेदी मानिसहरूले चाँहि आफ्नो मानसिक अवस्था बारे शब्दहरू उजागर गर्नु पर्छ भन्नेमा विश्वास राख्नुहुन्छ । आधार को संस्थापक सदस्य तथा मानसिक स्वास्थ्य काउन्सिलिङ को विद्यार्थी उहाँ आधारबाट आयोजना हुने कार्यक्रम तथा मानसिक समस्याबाट ग्रसित व्यक्तिहरूलाई मानसिक स्वास्थ्य र मानसिक समस्याबारे चेतनात्मक रुपले विभिन्न पक्षहरूलाई मध्यनजर गरी मानसिक रोग पहिल्याउने, आवश्यक उपचार प्रदान गर्ने, रोकथामका प्रक्रिया बारे जोड दिदैँ आउनुभएको छ। उहाँले आधार कै माध्यमबाट काउन्सिलिङ सेवा पनि प्रदान गरिरहनुभएको छ।

२. गायत्री श्रेष्ठ

त्रिभुवन विश्वविद्यालय अन्तर्गत मास्टर्स इन काउन्सिलिङ साइकोलोजीको अन्तिम वर्षकी विद्यार्थी गायत्री श्रेष्ठ पनि आधारकै 

संस्थापक सदस्य हुनुहुन्छ । आधारको अर्का संस्थापक सदस्य

उहाँ विभिन्न सेसनहरू मार्फत मानसिक स्वास्थ्य अवस्थाबारे काउन्सिलिङ साथै मानसिक रोग र समस्याहरुबारे जनचेतना अनि समाजका व्यक्तिहरू मानसिक रोगबाट कसरी बच्ने त भन्ने विषयमा सकारात्मक भावले टिम मार्फत काउन्सिलिङ प्रदान गर्दै आइरहनु भएको छ ।

३. मेनुका काफ्ले 

मेनुका काफ्ले पनि आधारकै संस्थापक सदस्य हुनुहुन्छ । पद्मकन्या क्याम्पसमा साइकोलोजी विथ न्युट्रिसनमा ब्याचलर गरिरहनु भएको छ। मानसिक रोग एक जटिल र अपत्यारिलो रोग हो जस्का लागि औषधी संगसंगै काउन्सिलिङ पनि आवश्यक पर्छ भन्नेमा उहाँ जोड दिनुहुन्छ । उहाँ व्यक्तिको आन्तरिक मनस्थिति र बाहिरी व्यहोरालाई बुझेर चेतनात्मक ढंगले विभिन्न कार्यक्रमहरूमा आफ्ना भनाइ केन्द्रित गर्नुहुन्छ ।

 

वर्तमान समयमा चाहे कुनै अन्य संस्थासंगको साझेदारीमा होस् चाहे आफ्नै टिमबाट कार्यक्रम सञ्चालन गरेर होस् वा कुनै निश्चित व्यक्तिका लागि काउन्सिलिङ गरेर होस्, टिम आधारले मानसिक स्वाथ्यलाई जोड दिदैं आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ।

कुनै पनि व्यक्ति एकात्मक रुपमै भएतापनि आफ्नो मानसिक स्वाथ्य समस्याबाट मुक्त हुन टिम आधारलाई सम्पर्क गर्न सक्नेछन् ।

मानसिक स्वास्थ्य सेवा काउन्सिलिङ प्रतिनिधित्व गर्दै सम्पूर्णलाई समान महत्व दिएर समाजमा मानिसहरूले भोगिरहेका विद्यमान मानसिक समस्या निर्मुल, नियन्त्रण र रोकथाम गर्ने प्रमुख लक्ष्य टिम आधारको हो।

व्यक्तिको मानसिक स्वास्थ उजागर गर्ने प्रमुख लक्ष्य सहित टिम आधार अघि बढ्दैछ ।