प्रहरी छोराको मृत्युको खबर

#जुगेडा_हत्याकाण्ड_बाट_प्रेरित

 

 

आमा नखाउ भन्थ्योउ प्रहरीको जागिर खाएँ

बिथ्थै खाएछु भन्ने पनि लागेको छैन,

कतै ढुङ्गाले कुटिएको, कतै भिडमा पिल्सियको त कतै घाटि रेटिएको

आफ्नो छोरा जस्तै प्रहरीहरु देख्दा अमिलिन्छ होला तिम्रो मुटु,

तर मन दह्रो पार आमा ति अमर प्रहरीको बलिदानबाट नै हामिले शक्ति प्राप्त गर्नुछ

तस्कर, अपराधीहरुलाइ निमिट्यान्न पार्नुछ

तिमिले मुटु अझै दह्रो पार्नु पर्छ आमा किनकि

तिम्रो छोरो पनि प्रहरी हो

तिम्रो छोरोले पनि दैनिक सामना गर्नु पर्छ तस्कर,अपराधीका गोलि र भालाको

देश जोगाउने युद्दमा तस्कर दलालका बिरुद्ध होमिएको तिम्रो छोरो

नफर्किन सक्छ घर,

फेरि सुन्न नपाउन सक्छौ आमा भन्ने शब्द

छोराको अवाज मात्र सुनाउने तिम्रो फोनले 

आत्तिएर बजाउन सक्छ घण्टि

तिम्रो प्रहरी छोराको मृत्युको खबर सुनाउन।।

 

लेखक : अशोक श्रेष्ठ

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news