गजल (राजेश पौडेल)

अझै बजेट र बिकास बसेको छ राजधानी च्यापेर

जुजारु युवा सबै अरब दकुर्दै छन् राहदानी च्यापेर।।

 

ब्यस्त हुदैछ दलाली गर्न बिकासको साचो लिनेहरु

नेताको नाउँमा देश टाट पल्टिँद छन् हरामी च्यापेर।।

 

स्वास्थ्यकर्मी छैन स्वास्थचौकी पनि देखेन्न जनताले

झाक्री आखत हेर्दाछन् हैजा लागेको बिरामी च्यापेर।।

 

न कहिले सुख चयन छ न कहिले मनमा सान्ती नै छ

रुदै छिन् बर्सौ देखी आसुले भिजेको सिरानी च्यापेर।।

 

सफल हुन दिएन नसिपले ठगी गरेर फरार भएको छ

प्रेममा जोगि बनिसकेको म एक मुठी खरानी च्यापेर।।

राजेश पौडेल

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news