एकतर्फी प्रेम

तिमिले गरेको गुण सम्झिएर आएछ भने नितान्त तिम्रै पिजडामा हुने छ।

कयौं जबर्जस्तिका सम्बन्ध ,एकतर्फी प्रेम 

त्यो पिजडामा कैद गरिएको पन्छी जस्तै भैदिन्छ, 

मालिकले जतिसुकै हेरचाह गर्यो ,मिठा मिठा कुरा दियो तर आफ्नै दुनियाँमा रमाउन चाहान्छ ।

जति नै थुनेर राखे पनि ,

एक दिन त्यो पिजडा छोडेर जाने छ ।

यस्तै हुन जबर्जस्तीका सम्बन्ध अनि एकतर्फी प्रेम ,

त्यसैले छोडी दिउ त्यो प्रेमको पन्छीलाई पिजडा बाट 

तिमिले गरेको गुण सम्झिएर आएछ भने नितान्त तिम्रै पिजडामा हुने छ।

कि खोज यस्तो प्रेमको पन्छी जो सधै तिम्रो पिजडामा रमाउने गर्द्छ।

   - राजेस ढकाल