ड्रेस कोड बाहिरका राम्रा प्रहरी ; कोडभित्र रहे सुनमा सुगन्ध

लैनचौर चोकमै एक जना महिला प्रहरी छिन् । उनी एउटा सूचना भएको बोर्ड बोकेर उभिरहेकी हुन्छिन् । तर विडम्बना न उनको हातमा पञ्जा छ न त खुट्टामा जुत्ता नै !!

 

धत् यस्तो नी हुन्छ लाग्नसक्छ तर यो शतप्रतिशत सत्य कथा हो । काठमाडौँको विभिन्न क्षेत्रमा डमी प्रहिरी राखिएका छन् । यो लैनचौरमा राखिएकी महिला प्रहरी डमीको कथा हो । राजधानीमा सायद अन्य ठाउँका डमी प्रहरीहरूको पनि यस्तै हालत नहोला भन्न सकिन्न । रत्नपार्कमा पनि एक डमी प्रहरी बिना पञ्जा नै देखेको छु ।

 

तर प्रहरी वेबसाइटमा हालिएको ड्रेस कोड अनुसार प्रहरीको खुट्टामा जुत्ता र हातमा पञ्जा पनी हुनुपर्दछ । 

 

तल दिइएको पहिलो तस्बिर प्रहरी ड्रेस कोड अनुसार प्रहरीको वेबसाइटमा राखिएको तस्बिर हो भने अन्य तस्बिर डमी प्रहरीको तस्बिर हो । 

 

प्रहरी जस्तो जिम्मेवार संस्थाले आफ्नै ड्रेस कोड बिगारेर डमी तयार गर्नुलाई कदापि ल ठिकै छ नि त , जाबो डमी त हो भनेर नजरअन्दाज गरेर बस्नु उचित हुन्छ जस्तो लाग्दैन , मैले सकिन पनि र यो कोड अनुसार ठीक गराइनुपर्छ ।

 

तर कुनै अर्थमा डमी हटाइनु पर्छ भन्ने होइन किनभने डमी राखेर सूचना दिने प्रहरीले एकदमै उचित कदम चालेको छ । यो राम्रो कामको लागि प्रहरी हामी सबैको धन्यवादको पात्र हो ।

पहिलो तस्बिर - प्रहरी ड्रेस कोड 

 

अन्य तस्बिर - लैनचौरमा पूर्ण ड्रेस कोडमा नभएको डमी प्रहरी