नेपाली राजनीतिमा खडेरी लागेको हो त ??

नेपाली राजनीतिमा बिचार,सिद्धान्त,दृस्टिकोण, सङगठन र पार्टीको खडेरी लागेको अनुभुती हुन थालेको छ।यो हामीलाई मात्र हो या सबैमा हो बुझ्न बाकी नै होला?सबै पर्टिका नेता कार्यकर्ता एउटा बिरासतमा चलेको देखिन्छ ।हामिले अध्यन गरेको राजनितिक दर्शन कहि कतै लागु भएको देखिदैन।पढे लेखेका युबाहरु बिचार र ब्याबहारमा भन्दा पनि बाबु बाजेको पुर्ख्याउली सम्पतिको रुपमा पार्टी र नेता छान्ने कार्य गरेको देखिन्छ भने अधिक्तम नेता कार्यकर्ता भने राजनीतिलाइ सेवा र समाज परिवर्तनको लागी भन्दा पनि जागिरे स्वभावमा राजनीति गरेको देखिन्छ ।यसले समाजलाइ कति फाइदा होला।यो जनताले मुल्यांकन गर्ने बेला भएको छ।नेता र कार्याकर्ताहरु पद र पैसाको लागी आफ्नै पार्टीको नेताकार्यकर्ता प्रतिपक्षी पार्टीको नेताकर्याकर्ता जस्तो देखिन्छ भने फरक पर्टिको नेताकार्यकर्ता एउटै पार्टीको जस्तो देखिन्छ ।पार्टीहरुको समग्र बिस्लेसण गर्ने हो भने व्यबहारमा काङ्ग्रेस र नेकपा उस्तै देखिन्छ भने बिरासतमा चलेको जनताले कुन ठिक र कुन बेठिक छुट्टाउनु सकेको छैन ।अन्य पार्टीमा केहि नेता जनता र समाज प्रती उत्तरदायी देखिएता पनि राज्य सन्चालन्को तहमा नभएकोले केहि गरु भन्ने सोच भएता पनि गर्न नसकेको देखिन्छ।नेता र नेतृत्व सहि भए पनि कार्यकर्ताको कारणले पार्टी राम्रो बनाउन सकिरहेको देखिदैन।यसरी नै जाने हो भने पन्चायत,बहुदल र गणतन्त्रमा कुनै फरक देखिदैन।बरु एक पटक सबै पार्टी विघटन गरेर बिचार र व्यबहार मिल्ने आफ्न बर्गिय धरातलको पार्टी गठन गरे कतै देस र समाज बन्थ्योकी?

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news