पिङको संख्या कम

विगतका वर्ष हेर्ने हो भने दशैं को समयमा गाँउघरमा जहाँतहिं पिङ देखिन्थ्यो ।

पिङ दशैँको शोभा हो। नेपालको हरेक सहर तथा गाँउमा बाँस को लिंगा गाडेर लट्टाईको डोरीको लिंगे पिङ खेलिन्छ ।

दशैंको समयमा एकपटक भएतापनी पिङ चाँहि खेल्न पर्छ है भन्ने मान्यता परापूर्वक कालदेखिनै चलिआएको पाइन्छ।

पिङ खेल्न निकै मजा आँउछ । एकपटक पिङ नखेली त दशैँ नै आको जस्तो लाग्दैन भनि धेरैले भन्दछन्।

दशैं २०७७ सकिने क्रममा छ, आज अन्तिम दिन, कोजाग्रत पुर्णिमा,कोरोना महामारीको विषम परिस्थितिमा महान राष्ट्रिय चाड दशैं सोचेजति रमाइलो हुन सकेन होला ।

विगतका वर्ष हेर्ने हो भने दशैं को समयमा गाँउघरमा जहाँतहिं पिङ देखिन्थ्यो ।

कमै सङ्ख्या मा भएतापनि सहरी क्षेत्रमा समेत पिङ खेलेर मज्जा लिन पाइन्थ्यो ।

तर यो वर्ष यस्तो रहेन पिङको चहलपहल खासै देखिएन निकै कम सङ्ख्यामा पिङ देखियो ।

कोरोना सङ्क्रमण को जोखिम वृद्धि हुने डरले गर्दा सबै क्षेत्रमा पिङ हालिएको छैन।