यिनलाई पनि जेल हाल्ने कि ?

लोक गायक कुमार बस्नेत भिटेन भन्दा कम्ता छैनन् । कुमार बस्नेतले भिटेनलेभन्दा कडा दिएका छन् । सरकारले बस्नेतका गीत सुनेको छैन र ?

सत्तासीन दलबाट राष्ट्रियसभा सदस्य कोमल वलीले तीजको पवित्र संस्कृतिलाई बिटुलो बनाउँदै भनेकी छिन्-

पोइला जान पाम 

अहिलेको सालैमा

पोइला जान पाम ।

- लाली जोवन सुम्पिएर आफै अघि सर्दा

मै सम्हाल्छु भन्ने एउटा निक्लिएन मर्द

मनमा आँट भाको, गोजीमा गाँठ भाको

यत्तिको मर्द भेटिएन कोई…

- शीरमा लाउने शीरै फूल हातमा लाउने बाला

राम्रा केटा कोही छौ भने यो जोवन सम्हाल

कोमल वलीले तीजजस्तो हिन्दुको पवित्र पर्वमा डिस्कोमा नाचौँ भनेकी छिन् । डिस्कोमा पक्कै पनि दूध खाने प्रचलन छैन होला, रक्सी नै खाएर नाचिन्छ होला । के अब संस्कृतिको जगेर्नाका लागि गायकहरुलाई समाउँदै युट्युबबाट गीतहरु हटाउने हो भने गायिका एवं सांसदको तक्मा भिरेकी कोमल वलीको गीत युट्युबमा राखिरहन मिल्ला त सरकार ?कुमार बस्नेतलाई के गर्ने ?

लोक गायक कुमार बस्नेत भिटेन भन्दा कम्ता छैनन् । कुमार बस्नेतले भिटेनलेभन्दा कडा दिएका छन् । सरकारले बस्नेतका गीत सुनेको छैन र ? 

कलियुगको बेलैमा जोसमा हुन्न होस्

उनकै छोरी तरुनी हामीलाई केको दोष

नहेरौं नि हेरौं लाग्ने उनको लाली जोबन

राम्री केटी देख्दाखेरि नहेर्ने चैं को छन् ?

आमा चाहिँले आफ्नी छोरी सधैं सानी ठान्छिन्

छोरी भने जर्सी गाईको बाछी जस्ती भा’छिन् ।

जसले सक्छ उसले खान्छ बजारको काउली…

- पल्लोघरे ठूले झ्यालढोका थुन्

आजकालका ठिटा उत्ताउला हुन्

धुरीमा चढेर कराउलान्

दिउसै छोरी हराउलान्

लैबरी लै लैबरी लै लै लै…

- डल्ली मगर्नी हो सुन मयाँ

बोल्न मन लाग्दैन हो पीर पर्‍यासीअहिले बद्री पंगेनी लोक दोहरी गीत प्रतिष्ठानका अध्यक्ष छन् । उनका गीतले पनि समाजलाई पक्कै विकृत बनाएको हुनुपर्छ । उनले ‘ससुरालीमा’ बोलको गीत सार्वजनिक गरेको दशक बढी भयो । त्यही गीतबाट बद्री पंगेनी र सिन्धु मल्ल नेपाली सांगीतिक आकाशमा स्थापित भएका थिए । तर, उनको गीतले त यस्तो पो भन्छ-

- ससुराली गैरहन्थेँ दिनका दिन

साली माग्दा सासूले लखेटिन्

ससुरालीमा,

ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा

-घरमा श्रीमती हुँदाहुँदै साली माग्ने गीत गाउने बद्री पंगेनीलाई चाँहि पक्राउ नगर्ने सरकार ? कानुनले एकभन्दा बढी बिहे गर्न नपाउने भनेको छ ।धर्मेन्द्र सेवानको गीतले त अझै समाजमा विग्रह नै ल्यायो होला । उनले गीतको अन्तरामा भनेका छन्

‘आफ्नो पोइलाई बासी मकै

नाठो पोइलाई रोटी…।’हेर्नुस् त प्रकाश सपुत र पि्रति आलेको ब्याटल- टू कस्तो छ :

प्रकाश : फेसन हेर्दा फुच्ची केटी, उमेरले चाहिँ आन्टी ।

आज सबले बजाउने हो, भेट भो साझा घण्टी

आयो तेरो सर…

प्रिति : सम्झिँदा नि लाग्छ राजै ए भूपू स्वामी राजै

हली राम्रो नहुनाले गैरी खेत त बाँझै

आयो तेरो मिस…

प्रकाश : थाहा छ मलाई मेरो हो कि तेरो थियो कारण

लाखौं कोसिस गर्दा पनि छैन गर्भधारण

प्रिति : न त दिनमा घर बस्थ्यो, न त राति जाग्थ्यो

छर्नेले बिउ नछरेसी फल कसरी लाग्थ्यो ?कविता गजल उस्तै छन्, स्ट्यान्डअप कमेडी… । के अब सरकारले यी सबको मुखमा बुझो लगाउने ? 

जसरी पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’लाई हटाइएको थियो, त्यसरी नै ठेगान लगाउने कि ? जीवन शर्माको गीतलाई फेरि किन बज्न दिने ? उनलाई पनि जेल हाल्ने कि ? उनले त ‘देशै जान थाल्यो टुक्रा-टुक्रा गरेर…’ भन्दै संघीयताविरोधी गीत गाएका छन् ।