तिमी ।

कति भाग्यमानी है म, कति भाग्यमानी है हामी, एउटा कर्णालीमा बस्ने गरीब,

आबुई, तिमी,

तिमी र म त साथी हैनौं?

तिम्ले त मलाई चिनेनछौ

तर म त तिम्लाई चिन्छु नि,

हिजो हामी पञ्चायत विरुद्ध राजतन्त्र विरुद्ध,

सडकमा सँगै टायर बाल्दै उत्रेका थियौँ!

टिमलाई थाहा छ,

तिम्रा बुवा र मेरा बुवा पनि राणा विरुद्ध यसरीनै

सडकमा उत्रेका थिएँ!

तिमी त आज कोषौ आगाडी पुगिसकेछौ साथी,

ए,को साथी नि है,

तिमी त नेता पोत,

तिमी नेता भए मेरा केही प्रश्न छन् ला तिमीलाई,

तिम्रो लोकतन्त्र ले मलाई के दियो?

तिम्रो गणतन्त्र ले मलाई के दियो?

र तिम्रा प्रजनन्त्रले हामीलाई के दिए?

राम राम, कति चिल्लो गाडी है तिम्राे त,

कति सुकिला लुगा तिम्रा त

तर जतिनै धनी मात्रै भए पनि,

म गरीब छु भनेर एउटा सानो काजग मा,

लेख्दा मात्रै पनि भकै छ तिमीले त!

तर, यहाँ हेरन मेरो त घाँस दाउरा,गोबर संग खेल्दा खेल्दै,

दैनिकी बित्छ!

तिम्रा जस्ता ठूला ठूला महल कहाँ छन् र मेरा?

उ त्या हेरत,त्यो मेरो घर,

मैले चपाउँदा चपाउँदा गरेको चुइगम ले,

थोत्रो टिन को प्वाल टालेको छु, 

ताकि असारमा रातका हरेक प्रहर मा ,

टिन बाट आएको पानी मेरो मुख सम्म नआओस्!

उ त्या हेर त, त्यो तुईन!

त्यो तुईन बाट खोला तरेर,

मेरा छोरा छोरी दुई घण्टा हिँड्छन्,

अनिमात्रै विद्यालय पुग्छन्!

अनि फेरि उ त्य हेर त,

त्यो कर्णाली नदी!

स्वाश्वा गरेर बहेको सुन्दा,

कर्णालीको सुन्दरतामा थप चमक आउँछ है!

तर हेरन यही कर्णालीको बगरमा रहेको मेरो खेत,

पानी नपाएर पटपटी फुटेको छ!

मलाई त यही कर्णालीमा हाम्फाल्न मन लाग्छ ,

तर देश र परिवार को मायाले यस्तो कैले गर्न सक्दिन!

खैर, छोडिदेउ!

तिमी बुझ्दैनौ, या बुझेर पनि बुझ पचाउछौ!

तर,हेरन मलाई सधैं एउटै प्रश्नले झकझकाइ रहन्छ,

की पछि मेरा छोरा छोरीले ,

बा तिम्रो पाला को दुईतिहाइ ले तिमीलाई के दियो,

भनेर सोधे भने?

म निःशब्द बसौं साथी?

तर, म मेरा कुण्ठा हरु सुनाउन विवस हुँनेछु!

छोरा! मेरो दुई तिहाइले मलाई उखान बाटै,

जनता हँसाउने प्रधानमन्त्री दियो!

निर्मला जस्ता हजारौं बलात्कारका सिकार बन्दा पनि,

टुलुटुलु हेरेर बस्ने न्याय दियो!

कोरोना भाइरस ले निम्त्याएको,

लकडाउन जस्तो असहज परिस्थितिमा पनि,

एक बोरा चामल मा र्याल चुहाउने जनप्रतिनिधि दियो!

मिश्रित अर्थतन्त्रको नाममा,

दिनहुँ घोटाला र भ्रष्टाचारका समाचार दियो,

यिनै दियो हामी कर्णालीमा बस्नेलाई,

मेरो पाला को दुई तिहाइले !

यसो भन्दै गर्दा मेरा आँखाले गलामा पानी चढाउने छन्!

ए,तिमीलाई त मेरा कुण्ठा हरु सबैका अघि सुन्न लाज लाग्छ है, 

माफ गर है, तिमी त व्यस्त होलाउ,

यो गरीब को कुरा सुन्न मैले तिनलाई बाध्य बनाए!

तिम्रो र मेरो सम्बन्ध मा त,

प्रत्येक पाँच वर्षमा एकदुई दिन त, सूर्यका प्रकाश पर्ने हुन!

कति भाग्यमानी है म,

कति भाग्यमानी है हामी,

एउटा कर्णालीमा बस्ने गरीब,

र एउटा जनप्रतिनिधि को सम्बन्धमा,

पाँच वर्षमा मात्रै सूर्यका प्रकाश पर्दछ।

वाह,कति भाग्यमानी!!