कोरोनापश्चात् रसुवाको पर्यटन व्यवसाय उदाउँदै

लकडाउन र निषेधाज्ञाले गर्दा शून्य रहेको रसुवामा दशैं पछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या बृद्धिले होटल तथा पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।

करिब ७ महिनादेखि कोरोना महामारीका कारण ठप्प रहेको रसुवाको पर्यटन व्यवसायले गति लिन थालेको छ । 

चैत ११ देखिको लकडाउन र निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटक आवागमन मा नेपालको सम्पूर्ण पर्यटकीय क्षेत्रमा ठुलो असर पुर्‍यायो । यस्तो परिस्थितिम रसुवा अछुतो रहन सकेन । लकडाउन र निषेधाज्ञाले गर्दा शून्य रहेको रसुवामा दशैं पछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या बृद्धिले होटल तथा पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।

कोरोना महामारीका कारण करिब ७ महिनादेखि ठप्प रहेको होटल तथा पर्यटन व्यवसायलाई केही दिनदेखि घुम्न र बास बस्न आउने आन्तरिक पर्यटकको संख्याले व्यवसायीहरुलाई खुसी भएका छन्।

 लामो समय देखि व्यवसाय ठप्प हुँदा व्यवसायीमा निराशा उत्पन्न भएको थियो तर अहिले विस्तारै पर्यटकको आगमन बढ्ँदा व्यवसायी उत्साहित भएका छन्। अहिले दैनिक ६० देखि ८० जना सम्म आन्तरिक पर्यटक र ३ देखि ४ जना वाह्य देशका पर्यटकहरु होटलमा बास बस्न आउने गरेको व्यवसायीहरु बताउँछन् ।

आन्तरिक तथा बाह्य पर्यटक हरू रसुवामा अवस्थित धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी , नागथली लगायतका क्षेत्र भ्रमण गर्ने गर्दछन् ।