जीवन (दिलिप श्रेष्ठ)

जीवन (दिलिप श्रेष्ठ )

फुलै फुल मात्र होईन जीवन,

फुल र काँडा सरोबरी मान्छेको जीवन,

सुखै सुख मात्र हैन जीवन,

दु:ख सुख दुई खोलाको दोभार हो यो जीवन ।

 

हार जित हुन्छ भोगाईहरुमा,

परिस्थितिसंग लड्ने सङ्घर्ष हो जीवन,

हाँसो सुख मात्र हैन जीवन,

आँसु र हासो सरोबरी मान्छेको जीवन ।

 

न त वारि न त पारी,

दोधारे जिउनु हुन् जीवन,

सत्य ईश्वरको खोजी गरि,

जिउनु पर्छ जीवन ।

 

आफू दोषी हो कि, अरु दोषी,

रिस राग राख्नु हुन्न,

घाम छाया झै डुबिजाने,

चोला हो यो जीवन ।

                      --दिलिप श्रेष्ठ