"कुशल शासकको कमि"

सहि लक्ष्य भएका नेताको अभाव नै समृद्धिको बाधक हो

नैतिकता गुमाएका अवसरवादिहरु समृद्धिका कुरा गर्छन, सुशासनको कुरा गर्छ्न । जनताहरुलाई दिवा स्वप्न देखाएर फेरि सत्ता हत्याउने लक्ष्य राख्छ्न ।त्यस्ता भ्रष्ट , दलाल, अपराधिक मानसिकता बोकेका हरुलाई नै नेता भन्ने गरिन्छ।देशको आर्थिक अवस्था ध्वस्त भएको अवस्थामा बिकासका योजनाहरु जनताले आफै गर्नु पर्ने ।सरकारले चासो नदिने गरेको पाईन्छ ।नेताहरुलाई विभिन्न बहानामा नेताहरुलाई मात्र माथी उकास्ने काम भई रहेको यस्को तल्कालिन ज्वलन्त उदाहरण झलनाथ खनालको अध्यन प्रतिस्ठान लाई दिएको अनुदान हेरौ।अर्को तिर धुर्मुस सुन्तलिले निर्माण गरेको रंगशाला ,महाविर पुनको आविस्कार केन्द्रलाई सहयोग गर्न तिर ध्यान नदिनु सरकारको सबैभन्दा ठूलो कमजोरी हो ।

दिनदिनै हाम्रो देश गरिबि हुदैछ । यस्को प्रमुख कारण भनेकै सहि भिजन नभएको नेता नभएरै हो।जनता पनि अन्योलमा छ्न ।कस्ले? कसरि? कुन तरिकाले देशलाई समृद्धि तिर लैजाने भनेर । हाम्रो देशको सन्दर्भमा एक कुशल शासक भनेका पृथ्वीनारायण शाह हुन जस्ले टुक्रा टुक्रा भएको देशलाई एकीकरण गरेर संङ्गो नेपाल निर्माण गर्नु भयो , त्यसपछी राजा महेन्द्र , बिरेन्द्रले पनि देश र जनताका हितका निम्ति राम्रा काम हरु गरेका उदाहरणहरु छन । राणा शसनको अन्त्यका निम्ति बिपि कोइलरा , बहुदलमा गणेशमान ले गरेका कामहरुलाई नराम्रो भन्न सकिन्न । त्यस्पछिका नेताहरुमा देश र जनता प्रतिको माया भने देखिएको छैन । उनिहरुमा लालच , र सत्ता प्रतिको मोह मात्र देखिन्छ । देश बिकासका एजेन्डा छैनन केवल राजनितिलाई गन्धनिति बनाएर अघि बढिरहेका छन । सिङ्गापुर लाई बिकासको गति दिने लि क्वान , दक्षिण कोरिया चुन डु ,पुर्ण रुपमा मरुभूमि रहेको दुबई लाई महमद सेखले अनि मलेसिया बनाउने महारथिले सहि भिजनका कारणले आफ्नो देशलाई हरेक क्षेत्रमा अघि बढाएको उदाहरण हरु आँखा अगाडी छन । नेपालमा पनि त्यस्तै भिजन भएका नेताको आवश्यक छ ।