म गरिब रहेछु

हो साच्चै म गरिब रहेछु

म नाम्लो डोको कुटो

कोदालो समेत बोक्नाले

यो अर्थमा म गरिब रहेछु।।

 

मैले प्रत्येक गासको लागी 

पसिना बगाउनै पर्छ अनि

दिन भर मिहिनेत गर्नाले 

यो अर्थमा म गरिब रहेछु।।

 

समाजले नाम्ले माग्ने अनि

अरु अनेक नामले बोलाउदा

मलिन अनुहारले हेर्दै सहनाले

यो अर्थमा म गरिब रहेछु।।

 

टनका टन भारी बोक्दै

पसिनाको धारा बगाउदा

ज्यान ठुस् ठुसि गनाउनाले

यो अर्थमा म गरिब रहेछु।।

 

म दिन भर काम गर्छु

आफ्नो परिवारको लागि

अरुको भरिया बनेकाले

यो अर्थमा म गरिब रहेछु।।

 

राजेस पौडेल

 

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
enepalreports.com - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news