बा

चिन्ता नगर बा तिमिले पूरा गर्न नसकेका सपनाका महलहरु पूरा गरेर झिलिमिली बनाउने छु ।

बा 

तिमी त त्यो डुब्न् लागेको घाम जस्तै भयौं है 

हाम्रा लागि भन्दा भन्दै आफ्नो लागि केही रखेनौ 

ती चिल्ला गाला आज चाउरिएका छन,

ती काला कपाल उमेरको मेहेन्दिले सेता बनाइ दिएका छ्न 

हिजो संसार जित्छु भनेर जहाँ पनि पुग्ने तिमी आज लठ्ठी नभई बाहिर फेर गर्न सक्दैनौं ।

तिमिले रोपेका रुखहरु आज जवान नै छ्न 

तिमिले बनाएको घर पनि जवान छ 

तिमिले नङ्ग्रा खिआएको जमिन पनि जवान छ 

तिमी मात्रै बूढो भयौ ।

तिमी बूढो भएर के भयो त छोरो जवान भएको छ 

तिमिले मेरो लागि भनेर त्यागेका आफ्ना सपनाहरू म फिर्ता गर्छु ,

तिम्रो सहाराको लठ्ठी भएर अन्तिम साससम्म तिमि सँगै हिड्छु ।

चिन्ता नगर बा तिमिले पूरा गर्न नसकेका सपनाका महलहरु पूरा गरेर झिलिमिली बनाउने छु ।

- राजेस ढकाल