परिवर्तन आफैँबाट

जनताले चुनेर पठाएकोहरु जनताबाट त्रशित भएर अङ्गरक्षक लिएर हिंड्नु पर्ने अनि त्यहि जनता ज्यु धनको सुरक्षा नपाएर कहिले सम्म मारिनु पर्ने,लुटिनु पर्ने?

आफुलाई देशको भबिस्य सोच्ने युवा पुस्ता,राजनीति गर्ने विभिन्न पार्टी को भातृ संघगठनका युवाहरु अनि आमनागरिकले सोच्नुपर्ने बेला आएन?लाज मान्नु पर्ने बेला भएन?आफ्नो पार्टी को नेताहरुलाई प्रश्न गर्नु पर्ने बेला आएन?अनि राजनितिमा लागेर तनाब हुँदा पाँचतारे र विभिन्न रिसोर्टहरुमा आराम गर्न जानेहरुलाई प्रश्न गर्नु पर्ने बेला आएन?सर्प पाल्न देशको ढुकुटी बाट अरबौ खर्च माग्ने हुनेखानेहरुलाई सोध्नु पर्ने बेला आएन?टाउको दुख्दा,पेट दुख्दा अनि श्रीमती बिरामी हुदा लाखौं खर्च गरेर सिङ्गापुर,थाइल्यान्डको विभिन्न महँगो र अत्याधुनिक अस्पतालमा उपचार गराउन लानेहरुलाई सोध्नु पर्ने बेला आएन? हेलिकप्टरमा लाखौं तिरेर जन्म दिनको केक लगेर जन्मदिन मनाउनेहरुलाई सोध्नु पर्ने बेला आएन?तपाईंहरु पजेरो चढ्ने र अमेरिकामा उपचार गर्ने हैसियत बनाउदै गर्दा एउटा इमानदार नेता उपचार खर्च अभावमा संघर्ष गर्दै छ ।आमनागरिक सङ उपचार सहयोग माग्दै छ। किन?देशको मुख्य पार्टी को मुख्य नेता भनाउदा तपाईंहरुले त्यस्तो के गुन लगाउनु भयो देश र जनतालाई र तपाईंहरुको सेवा सुबिधा देशले गर्नु पर्ने अनि चित्रबहादुर केसि जस्तो असल,अनुशासित र सादगी नेता उपचार खर्च अभावमा नागरिक बाट सहयोग जुटाउनु पर्ने अवस्थामा पुग्नु पर्ने।किन?अरु पुर्ब मन्त्रीहरू ,उच्च पदमा पुगेर भुतपुर्व भैइसकेको अरु थुप्रै बिदेशमा उपचार गर्ने,खाने-बस्ने,घुम्ने,ब्यापार व्यवसाय गर्ने सबै खर्च देशको ढुकुटी बाट जनताले तिरेको कर र पसिना बाट गर्नु पर्ने तर पुर्ब उपप्रधानमन्त्रीको पदमा पुगिसकेको सादगी नेताले नागरिक सङ हात फैलाउनु पर्ने?किन? पुर्ब उपप्रधानमन्त्रीको पदमा पुगिसकेको बुढो आज स्वास्थ सेवाको लागि नागरिक गुहार्दै छन। चित्रबहादुर केसि यहि देशको उच्च र सम्मानित पदमा पुगिसकेको ब्यक्ती होईन?चित्रबहादुर केसिलाई पुर्ब उपप्रधानमन्त्रीको हैसियतको मन्त्री सुबिधा पनि नचाहिने, सुरक्षागार्ड पनि नचाहिने ?अब झोलेहरु,भरौटेहरु अनि पार्टीको अरिङालहरु उफ्रिन्नछ्न सरकारले चित्रबहादुर केसि को उपचार खर्च बेहोर्ने र उपचार गर्ने घोषणा गरिसक्यो भनेर।मेरो बिचार भनाई र फरक मत सरकारले चित्रबहादुर केसिको उपचार खर्च बेहोर्ने र उपचार गर्ने नगर्ने सङ होईन।मेरो बिचार,मेरो फरक मत अनि मेरो प्रश्नन एउटै देशमा राजनीति गर्ने र देशको पुर्ब उपप्रधानमन्त्रीको जिबन यापन,खानपिन र आर्थिक अवस्था यस्तो सरल,सादगी अनि कमजोर हुदा उनी सङै राजनीति गर्नेहरुको अरबौको सम्पती,करोडौंको महल र लाखौं गाडी कसरी भयो?कसरी अस्ति भर्खर जङ्गल बाट जोगि जस्तो रुपमा सहर पसेर जनतालाई सुकिला मुकिला भन्नेहरु आज कसरी आफै यति सुकिला मुकिला भए? चित्र बहादुर के सि सङै राजनीति गर्ने अनि जेल जिबन बिताउनेहरु अरबपति हुँदा चित्र बहादुर के सि को अवस्था कसरी यस्तो ?२५० बर्ष पुरानो आफ्नो बिरासत त्यागेर आमनागरिक सरह जीवन यापन गरिराखेका पुर्ब राजाको ब्यक्तीगत र पुर्खौली सम्पति राष्ट्रियकरण भएर नेपाल सरकारको नाममा गर्दा भुतपुर्व भैसकेको रास्ट्रपति, प्रधानमन्त्री,मन्त्री र अरु थुप्रै उच्चस्तरीय पदमा बसिसकेको पुर्बहरु को सम्पती राष्ट्रियकरण हुनु नपर्ने?जनता खाना नपाएर लाइनमा बस्दा एक छाक खुवाउन गाह्रो हुने तर विभिन्न समारोह,सम्मान कार्यक्रम भन्दै चियापान,दिवा भोज र रात्री भोज गर्ने लाखौ पैसा कसरी आउँछ?कहिले चेलीबेटी र निर्मला पन्त जस्तो सानो नानी बलात्कारको शिकार भैईराख्नु पर्ने? कहिले सम्म बलात्कारिलाई जोगाउन लागि परिराख्ने सिङ्गो राज्यको सरकारलाई हामिले हेरेर सहेर बसिराख्नु पर्ने?राज्यको मन्त्री पदमा बसिसकेको ब्यक्तीको भ्रस्टाचारको प्रमाण सहित सम्बाद बाहिर आउदा किन राज्यको छानबिन र कारबाही गर्ने निकाय मौन?कानुन,न्याय सर्बसाधारण नागरिकको लागि मात्र हो?कहिले सम्म विभिन्न अपराध गर्ने अपराधीहरु खुल्ला रुपमा हिड्डुल गर्दा पीडित न्यायको खोजीमा भौतारिइ राख्नु पर्ने?जनताले चुनेर पठाएकोहरु जनताबाट त्रशित भएर अङ्गरक्षक लिएर हिंड्नु पर्ने अनि त्यहि जनता ज्यु धनको सुरक्षा नपाएर कहिले सम्म मारिनु पर्ने,लुटिनु पर्ने?भाग लगाउन काटेको खसीको खुट्टा,ह्यकुला अनि फोक्सो मुटु जसरी देश कहिले सम्म एक अर्कालाई भाग लगाइराख्ने?कहिले सम्म गोबिन्द के सि जस्तो देशको एक विशेषज्ञ चिकित्सक देशको चिकित्सा शिक्षा प्रणाली सुधार गर भएर राज्य बिरुद्ध अनशन बसिराख्नु पर्ने?रुकुम,रोल्पा,मुगु,हुम्ला,जुम्ला,डोल्पा,बझाङ,बाझुरा,डोटि,आछाम अनि कैलालीको जनतालाई राम्रो शिक्षा,उपचार,बाटो घाटो अनि गाँस बाँस को सुबिधा नाचाहिने?त्यहाको जनता झाडापखाला अनि प्रसब पिडाले मर्नु पर्ने?यस्तो माहामारीमा को पार्टी अध्यक्ष हुने,को उपाध्यक्ष हुने भनेर देश अस्तव्यस्त पार्दा कहिले सम्म हामी जनता हेरेर बस्ने?पार्टीको अधिबेशन हुदा,आफ्नो पार्टी सत्तामा जान नपाउदा,परीक्षा अनुत्तीर्ण हुदा,चुनाबमा धादली गर्न,रक्सी मासु खान र मोटरसाइकल तेल हाल्न पर्दा लाखौ मान्छे सडकमा उतार्ने देशको नालायक युवा देश यस्तो अवस्थामा पुग्दा कता गए?युवा भएर कहिले सम्म यसरी निर्लज्ज भएर बाच्छौ?कहिले सम्म हातमा सीप भएको,पढेलेखेको अनि केहि गर्ने सोच भएको युवाहरु बिदेशिनु पर्ने?कहिले सम्म बिदेशमा दुख गरेर कहिले सम्म देश लुटेर बस्नेहरुको छोरा छोरी पाल्दिने? कहिले सम्म एउटा सक्षम व्यक्तिले देशमा पसिना बगाउछु भन्दा नातावाद कृपाबादको सिकार भएर कि बिदेशिनु पर्ने कि ज्यान गुमाउनु पर्ने?कहिले सम्म २०-२१ बर्षको कलिलो उमेरमा घरको विभिन्न परिस्थितिले बिदेशमा आएर दुख गरेर,पसिना बगाएर कमाएको रेमिट्यान्सले भ्रष्टाचारी,बलात्कारि,देश द्रोही अनि गद्दारहरुलाई पाल्नु पर्ने?कहिले सम्म देश युवा नबोल्ने?कहिले सम्म हरेक छोरा छोरी ले आफ्नो बाउ आमाको अकुत सम्पती कसरी र कहाँ बाट आयो भनेर नसोध्ने?२००७ साल,२०४६ साल र २०६२-६३ को आन्दोलन के को लागि थियो?संघीयता के को लागि हो?राजा अनि राज संस्था को बहिर्गमन के को लागि थियो?खोई जनकपुर चुरोट कारखाना,खोई सुनवल चिनी मिल,खोई बासबारी छाला कारखाना,खोई भृकुटी कागज कारखाना?खोई लिपुलेक?खोई लिम्पियाधुरा?खोइ सुस्ता?खोई महाकाली?खोई मोनो रेल,खोई घर घरमा पाइप बाट ग्यास?खोइ पानी जाहाज?खोई मेरो पू्र्खाले छोडेर गएको सिङ्गो नेपाल?खोइ मदन भन्डारी ? खोई राजा बिरेन्द्र?देश आमा हो।आमालाई बेच्ने नगर्नुहोस् । सुध्रिनुहोस।समय छ,मौका छ र परिस्थिति सहज पनि छ।जनता नम्र,दयालु र भावुक पनि छ्न।क्षमा पनि दिने छ्न्न।तपाइँहरु बृद्धअबश्था पुगिसक्नु भयो।सल्लाहकार बनेर सक्षम अनि जोश जागर भएको देशभक्त युवाहरूलाई देशको जिम्मेवारी दिनुहोस।यतिका बर्ष त तपाईंहरुलाई पालेउ।धेरै बाचे अझै ७-८ बर्ष बाच्नु होला।तपाईहरुको गाँस,बाँस र आवासको ब्यवस्था अनि गर्दिउला।आराम गर्नुस।आज नेपालीहरुको महान चाड दिपाबली को दोस्रो दिन लक्ष्मीपुजा अनि कुकुर तिहार।धनधान्यकि देबि माता लक्ष्मीको पुजा गरेर देशको समृधी सफलताको कामना गरेर नया कामको सुरुवात गर्नुहोस।मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा परिचित कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पूजिने दिन कुकुर तिहार । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । मानवसंग अत्यन्त नजिक बफादार जीव।

वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिअाएको छ ।

कुकुरलाई सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य निती अनुसार कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ । त्यसैले सबै देशको उच्च पदमा पुगिसक्नु भएको तपाइँहरु सबै जाना मिलेर सामुहिक कुकुर पुजा गरेर कुकुर जसरी आफ्नो मालिक पर्ती बफादार हुन्छ त्यसरी नै जनता प्रती बफादार हुन्छौ।वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई जसरी अभिभावक, सुरक्षाकर्मीको रुपमा हेरिन्छ,पुजिन्छ त्यसरी जनता र देशलाई हेर्छौ अनि पुज्छौ अनि कुकुर जसरी देश र जनता प्रती चनाखो हुन्छौ भनेर आजैको दिन देखि बाचा-कसम खाएर।देश र देश जनतालाई साक्षी राखेर नया जिबनको सुरुवात गर्नुहोस।श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। सबैको जय होस। २०७६ सालको दिपावालीको हार्दिक मंगलमय शुभकामना।

जय देश!!!!

जय मातृभूमि !!!! 🙏🙏

देश प्रेमी:धिरज पौउड्याल