गल्ती अनेक

हामी हृदयलाई आँशु नखसाली अक्सन छुन सक्दैनौँ; त्यस्ता गल्तीहरू सुध्रन्छन्, जस्ले हाम्रो हृदयलाई छुन सकोस्।

के चाँहि दिएको छैन र समयले मलाई? अनेक कुराहरू; दुःख सुख सबै । तर खै सोचहरू कता पलायन भए कता ।

गल्ती कोबाट हुदैँन? गल्ती नगर्ने मान्छे हुन्छन् र? गल्ती त सबैले गर्छन् तर मलाई आफ्ना गल्तीहरू नै ठुलो लाग्दछन् । संसारमा सानो र ठुलोका दुई दृष्टिकोणका भेद छन् । तर परिमाणले गल्ती ठुलो/ सानो हो भन्दिन म । गल्तीहरू सुध्रन सक्छन् । हामी हृदयलाई आँशु नखसाली अक्सन छुन सक्दैनौँ; त्यस्ता गल्तीहरू सुध्रन्छन्, जस्ले हाम्रो हृदयलाई छुन सकोस्।

यो काम चाँहि अब नगरू है भन्छु, अब गर्दिन भन्छु,गल्ती नदोहोर्‍याउँ..... भन्छु तर बार बार लगातार जस्तै;  सोच्दछु अब यस्तो गर्दिन तर प्रत्येक पटक मकहाँ आएर गल्तीहरू ठोकिन्छन् । 

यहाँ गल्ती हरेक क्षणमा; चहिने बेलामा गल्ती, नचाहिने बेलामा गल्ती, अर्थहिन गल्ति......

आफ्नै छक्क पर्छु जब म जानि जानि तर नजानिदो पारामा एउटै गल्ती बारबार गर्छु। गल्तीले मलाई पटकपटक निम्तो दिन्छ, एउटै परिस्थितिमा रमाऊ भन्छ, म खुसी हुन्छु फेरी पछि गएर गल्तीले नै मलाई दुःखी बनाउँछ।

मलाई थाहा नै छैन गरेका काम सहि हुन् कि गलत हुन्, तथ्यगत कुरा छैनन् । म सोच्दछु; मैले चाहेका हरेक कुराहरू गल्ती नहोऊन्, ति गल्ती नबननुन् । डर छ कता कता कतै मेरो सोचहरू गलत त छैनन्? अनि आफ्ना भावना भित्रै थन्क्याउछुँ । यि कुराले मलाई कठोर सजाए दिन्छन्, पिडा दिन्छन्, रुवाँउछन् मलाई तर साँच्चै अब कसलाई नै भन्नु छ र ।

स्वयंमको रहरहरू पन्छ्याउँदै,विचलित ति विचार, निष्क्रिय सोचहरू, प्रेरित छैनन् भावना, समर्पित जीवनका कयौं अर्थहरू, विश्वस्त छु, परिस्थिति स्विकार्नु छ ।

घच्घच्याउदैँ बुझाउन चाहन्छु, आश्वासनमा फेरीपनि अल्झिन्छु, तर सक्दिन; उत्पीडन लाग्छ मलाई यि कुराहरू । त्यसैले त गल्ती चाहँदिन ।