गजल

कोहि स्वदेश मै बसि टन्न कमिसन खानु हुन्छ।।

मेरो घरको परिवर्तन लिन बा बिदेश जानु हुन्छ

कोहि स्वदेश मै बसि टन्न कमिसन खानु हुन्छ।।

यस्तो पनि धेरै भेटियो धेरै देखियो हाम्रै देशमा

आफु हिरो हुन गरिबलाइ युद्धभुमि लानु हुन्छ।।

खै, योग्यताको कुरा किन गर्दै थिए हिजो सम्म 

आज आफ्नै पाटिको कार्यकर्ता पो छान्नु हुन्छ।।

हिजो बैंक र सरकारी भवन फोरेर फरार व्यक्ति 

आजको नेता उहाँ, पुसिसले सलाम हान्नु हुन्छ।।

राजनीति बाहेक उहाँको परिवारको नै काम छैन

तर कसरी बर्सै देखी करोडौंको घरमा रहनु हुन्छ?

राजेश पौडेल 

रसुवा