अन्तरतम नेपालद्वारा लैंगिक हिंसाबारे एक महिने अभियान सञ्चालन गरिदैँ

यस महिनाव्यापि कार्यक्रममा लैगिंक हिसांकै विरुद्ध मा विभिन्न कार्यक्रमहरू विभिन्न विशिष्ट व्यक्तिहरू को उपस्थितिमा सञ्चालन हुनेछ ।

अन्तरतम नेपालद्वारा लैंगिक हिंसाबारे एक महिने अभियान सञ्चालन गरिदैँ

सामाजिक विकृति, समस्या तथा विसंगतिहरु विरुद्ध आवाज उठाउदैँ आएको यस अन्तरतम नेपालले लैगिंक हिंसा पूर्ण मानव जीवनको समस्या हो र यो निर्मूल नभएसम्म समुदायको हित हुदैंन भन्ने प्रमुख ध्येय सहित 1 month Gender Based Violence(GBV) - campaign सुरू गर्दैछ ।

"लैगिंक हिंसा विरुद्द शून्य सहनशीलता"

("Zero tolerance against Gender Based Violence") भन्ने मूल नारा सहित अन्तरतम नेपाल द्वारा सञ्चालन हुने यस अभियान २४ नेभेम्बर देखि २२ डिसेम्बर सम्म चल्ने छ ।

लैगिंक हिंसा विरुद्द महिनाव्यापी अभियानमा लैगिंक हिंसा सम्बन्धि विभिन्न विधाहरू( कथा, घटना, नितिनियम साथै विभिन्न कार्यक्रमहरू) र लैगिंक हिंसा बारे महिनाभर नै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जनचेतनात्मक तवरले कार्यक्रम सञ्चालन गरिने छ ।

जो कोहि पनि यस अभियानमा जोडिन सक्नेछन् । लैगिंक हिंसा सम्बन्धी विभिन्न लेख, रचना, निबन्ध, कविता, नाटक आदि बाट प्रस्तुत गर्न सक्नेछन् ।

परिवर्तन सम्भव छ, लैगिंक हिंसा बारे शब्दमा मात्र सिमित नराखौं, व्यवहार मा पनि प्रयोग गरौँ भन्ने भावको साथ सञ्चालन हुन गइरहेको यस महिनाव्यापि कार्यक्रममा लैगिंक हिसांकै विरुद्ध मा विभिन्न कार्यक्रमहरू विभिन्न विशिष्ट व्यक्तिहरू को उपस्थितिमा सञ्चालन हुनेछ। कार्यक्रमको सुरुवात आज बाट भएको छ।