महिला हिंसा; प्रचलन कि हेपाई?

महिलालाई हेप्नु र असमान व्यवहार देखाउनु त युगलाई नचिन्ने अन्धता प्रदर्शन गर्नु हो ।

आज २५ नोभेम्बर; महिला हिंसा अन्त्यको अन्तराष्ट्रिय दिवस ( International Day For The Elimination of Violence Against Women) l विश्वभरनै विभिन्न महिला हिंसा विरुद्द विभिन्न चेतनामूलक कार्यक्रम गरेर यो दिन मनाइन्छ । 

महिला हिंसा कुनै एकको मात्र समस्या होइन, यो पूर्ण मानव जीवनको समस्या हो। महिला हिंसा त्यो कुकृत्य हो जसमा नारीप्रति न्याय, निष्पक्ष र उचित व्यवहार झलकाइन्न ।

महिला हिंसा एक प्रचलन;

कस्तो अच्चम सदिऔँ देखि चलिआएको प्रचलन जस्तो । गर्भ मै लिंग पहिचान गरी छोरी भए गर्भपतन गर्ने, गर्भवति अवस्थामा उचित स्याहार छैन,बलात्कार र बलात्कारको प्रयास, यौन दुर्व्यवहार, यौन शोषण, जबरजस्ती विवाह, घरेलु हिंसा, वैवाहिक बलात्कार, बेचबिखन, मौखिक, भावनात्मक र मनोवैज्ञानिक दुर्व्यवहार, धम्की, जबरजस्ती, आर्थिक वा शैक्षिक वञ्चितता गर्भावस्था, यौन दासत्व, बोक्सीको आरोप तथा कयौँ मानौँ की यो एउटा प्रचलन हो र सबैले त्यहि मान्नुपर्छ ।

महिला हिंसा एक हेपाई;

जनचेतना कति कति, शिक्षाका आवाजहरू, ज्ञानको विकाश, नितिनियम तथा कानुनको विकाश तर व्यवहार भने जस्ताको त्यस्तै । अवस्था झन् जटिल बन्दै गएको; मानौं कि यो समस्याले यसरी जरो गाडेर बसेको छ जसलाई उखेलेर फाल्न असम्भव छ । अनौठो किसिमको हेपाई नै जस्तो । यहाँ त नारी नारीबाटै हिंसीत हुन्छिन अब पुरुषको त कुरै छोडौँ ।

 हिंसाका केही प्रकारहरू जस्तै बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजनन जबरजस्ती, महिला शिशु हत्या, जन्मपूर्व यौन छनौट, प्रसूति हिंसा, लिंगआधारित हिंसा साथ साथै हानिकारक परम्परागत अभ्यासहरू आदि । महिलालाई हेप्नु र असमान व्यवहार देखाउनु त युगलाई नचिन्ने अन्धता प्रदर्शन गर्नु हो ।

तपाईं महिला हुनुहुन्छ भने महिला विरुद्ध हिंसामा आवाज उठाउनुहोस्; तथ्य र व्यापकता सिक्नुहोस्।बचेकाहरूलाई विश्वास गर्नुहोस्।

तपाईंको स्थानीय विधायिका र राजनीतिक नेताहरूसँग सम्पर्क राख्नुहोस् र महिला विरुद्ध हिंसा गर्ने अपराधीहरू विरूद्ध कडा कानूनको पक्षमा वकालत गर्नुहोस्।

त्यो प्रचलन होस् कि हेपाइ होस्; न्याय आफैँ बाट सुरु; समभाव सबैका लागि होस् ।