बाबा, म ।

मैले उहाँबाट आदर्शको पाठ सिकेकी छु । शालिन र शान्त बन्न सिकाएका छन् उहाँका शब्दहरूले ।

याद अझैसम्म पनि छन् ति पलहरूको जतिबेला म उहाँको साइकलको क्यारेजमा बसेर स्कुल जान्थे । उफ्! धेरै दुःख दिएथेँकी कुन्नी; उहाँको शिरमा पसिनाको धारा, थकित शरीर, मुस्कान त मन्द नै हुन्थे, मेरो लागि के के गर्नुपर्थ्यो; कहिले के कहिले के।

म सँगसगैँ डुलिरहनु हुन्थ्यो! कति कुरा सिकाउनुहुन्थ्यो । अब व्यवाहारिक ज्ञानको त झन् कुरै छोडौँ । त्यतिबेला बताउने कुरा र आज बताउने कुरामा केही अन्तर पाँउदिन म । अन्तर पाँउछु त केबल मेरो उमेरमा । मेरो उमेर ठुलो भयो ,उहाँको सिकाउने तरीका फरक भयो तर साँचो चाँहि यो होकि उहाँले प्रस्फुटन गर्नुहुने भावना सबै उस्तै छन्। 

आज लाग्दछ; म मेरो बाबाको कारणले । उहाँको उपस्थिति मेरो जीवनको विशिष्ट पहिचान हो, उहाँको हरेक सोच मेरो स्वर्णीम सपना हो । उहाँकै विचारले कोरिन्छन् मेरो जिन्दगीको क्यानभासमा रङ्गीन तस्विरहरू । 

कस्तो अचम्मको कुरा; ज्ञान, सीप, नियम, अनुशासन, मयार्दा, आर्दश सबै उहाँबाटै सिकेको मैले, तिनै पक्षले सदैव पाइला पाइलामा साथ दिइरहेका छन् । मानौंकी मेरा हरेक कामहरू उहाँको कल्पनाको उडान र भावुकताको गहिराइमा रचिएका छन् ।

उहाँलाई पाएकोमा गर्व गर्दछु म । म ज्ञानआर्जनका लागि संसारभर जहाँ पनि पुग्न सक्छु । पढ्ने र दुःख गर्ने स्वतन्त्रता छ । मेरो हरेक पसिनामा उहाँकै लगानि छ । उहाँको प्रत्येक आर्दशवादि विचारले घच्घच्याउँछ मलाई । ति कुराको भावमा एकाकार हुदैँ सदैव; र पक्कैपनि त्यो आर्दश ममा युगयुगान्तर जीवित रहिरहनेछन् ।

मैले उहाँबाट आदर्शको पाठ सिकेकी छु । शालिन र शान्त बन्न सिकाएका छन् उहाँका शब्दहरूले । 

उहाँको बारेमा केही लेख्छु भन्छु भाव आँउछन् तर वर्णन गर्न कुनै शब्द आउँदैनन् । 

......To Be Continue,