रसुवामा ग्रामीण अस्पताल भबन निर्माण शिलान्यास कार्यक्रम सम्पन्न

शिलान्यास कार्यक्रम कालिका गाउँपालिकी अध्यक्ष सीता अधिकारी पौडेल ज्यु को बाहुली बाट सम्पन्न भएको हो।

 

रसुवा ।

रसुवा जिल्ला कालिका गाउँ पालिका वडा न ५ स्थित जिबजिबे ग्रामीण अस्पताल भबन निर्माण शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । रसुवा जिल्ला अन्तर्गत जिबजिबे ग्रामीण अस्पताल संघीय सरकार को लगानीमा निमार्ण हुँदैछ । भवन निर्माण शिलान्यास कार्यक्रम कालिका गाउँपालिकी अध्यक्ष सीता अधिकारी पौडेल ज्यु को बाहुली बाट सम्पन्न भएको हो।

ग्रामीण अस्पताल भबन निर्माण शिलान्यास कार्यक्रम मा उपाध्यक्ष भबानी न्यौपाने, वडा अध्यक्ष रामहरी देवकोटा र स्थानिय लगाएतको उपस्थिति थियो ।