करिअरको उत्कर्षमा पुग्दै थिए, साथै छाड्यो जिन्दगीले

इरफान खानको निधन यस्तो बेला भयो, जब उनी आफ्नो करिअरको उत्कर्षमा पुगिसकेका थिएनन्, तर जिन्दगीले अल्पायुमै साथ नछाडेको भए उनी त्यो मुकामसम्म पुग्न सक्थे।

भारतको मुम्बईमा बुधबार बिहान बितेका यी ५३ वर्षीय अभिनेताले नब्बे दशकमै केही फिल्म खेलेका थिए। त्यसअघि लामो समय दुरदर्शनका टेलिभिजन शृंखलाहरूमा सानोतिनो भूमिका गरे। तर, बलिउडमा उनको साख जम्यो, सन् दुई हजारको प्रारम्भबाट।

Irfan Khan

त्यसयता उनले खेलेका फिल्महरू 'हासिल', 'मकबूल', 'तलवार', 'पानसिंह तोमर', 'द लन्चबक्स', 'पिकू', 'हिन्दी मिडियम' लगायतलाई दर्शक र समीक्षक दुवैले उत्तिकै मन पराए। हलिउडमा भारतको प्रतिनिधित्व गर्ने अब्बल अभिनेता पनि इरफान नै हुन्।