अधुरै रहे ऋषिका दुई सपना

अधुरै रहे ऋषिका दुई सपना

वर्षको सिनेमा करियरमा एक से एक शानदार सिनेमा गरे।

यसका लागि उनले सम्मानहरू पाएका छन्। राष्ट्रिय पुरस्कार र फिल्म फेयर जस्ता अवार्ड त उनले सिनेमा करियरको सुरुमै पाएका थिए।

यति हुँदाहुँदै पनि उनलाई एउटा कुराको भने सँधै दुःख नै भइरह्यो। सिनेमामा विशिष्ट योगदानका बाबजुत पद्मश्री नपाउनुको दुःख उनलाई थियो।

आफ्ना मनको कुरा हत्तपत सार्वजनिक नगर्ने ऋषिले यो सम्मान नपाएको विषयमा भारतका एक पत्रकारसँग भने खुलेर कुरा थिए।

बिबिसी हिन्दीमा प्रदीप सरदानाले ऋषिले यो पुरस्कार नपाएकोमा दुःख मनाउ गर्ने गरेको कुरा आफ्नो आलेखमा उल्लेख गरेका छन्।

त्यसो त ऋषि भारत सरकारले दिने यो नागरिक सम्मान नपाउने एक्ला कलाकार होइनन्। यसमा दारा सिंह देखि लिएर शम्मी कपुरसम्मका अभिनेता पर्छन्। उनीहरूले पद्मभूषण वा पद्मश्री दुबै सम्मान पाएका छैनन्। यी व्यक्तिहरू त दिवंगत भइसकेका छन्। सिनेमामा उल्लेखनिय योगदान दिएका अन्य कलाकारले पनि हालसम्म यो सम्मान पाएका छैनन्। यो सूचिमा जीतेन्द्र, मुमताज, जुही चावला जस्ता कलाकार पर्छन्।