रोहित शर्मा : गरिबीदेखि 'हिटम्यान'सम्म

रोहित शर्मा : गरिबीदेखि 'हिटम्यान'सम्म

ब्याट्सम्यान रोहित शर्मा आजबाट ३३ वर्ष पूरा भए। करिअरको सुरुवातमा संघर्षका पहाड उक्लेका रोहित अहिले उत्कृष्ट लयमा छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा दर्जनौ रेकर्ड बनाएका रोहितले भारतीय टिममा स्थान बनाउन निकै संघर्ष गरेका थिए। राष्ट्रिय टिममा डेब्यू गरेपछि उनले आफूलाई प्रमाणित ६ वर्षसम्म कुर्नु परेको थियो।

सन् २००७ को टी–२० विश्वकपमा भारतीय क्रिकेट टिम समूह चरणमा संकटमा परेको थियो। पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको भारतले दोस्रो खेलमा इंग्ल्यान्डलाई हराउँदै सेमिफाइनल सम्भावना जीवित राखेको थियो। अन्तिम चारमा पुग्न भारतले दक्षिण अफ्रिकालाई पराजित गर्नैपर्ने थियो।

दक्षिण अफ्रिका विरुद्ध पहिले ब्याटिङ गरेको भारतले ६१ रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो। यस्तोमा युवा ब्याट्सम्यान रोहित शर्मा पहिलो पल्ट पिचमा आए। एकदिवसीय खेलमा भारतीय टिममा तीन महिनाअघि डेब्यु गरेका उनी टी–२० खेलमा भारतीय टिमबाट पहिलो पटक ब्याटिङ गर्दै थिए।