एकटकले बाबुको अनुहार हेरिरहे रणवीरले, छोरीले भिडिओ कलबाटै हेरिन् अन्तिम पटक

एकटकले बाबुको अनुहार हेरिरहे रणवीरले, छोरीले भिडिओ कलबाटै हेरिन् अन्ति...

बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको बिहीबार मुम्बईमा ६७ वर्षको उमेरमा निधन भयो।

भारतीय सिनेमाले प्रतिभाशाली कलाकार इरफान खानलाई गुमाएको भोलिपल्टै अभिनेता ऋषि कपुरलाई गुमाएपछि सम्पूर्ण बलिउड यतिबेला शोकमा छ।

२४ जनामात्र उनको अन्तिम संस्कारमा उपस्थित हुन पाए।

कोरोनाका कारण जारी रहेको देशव्यापी लकडाउनले गर्दा दिल्लीमा रहेकी ऋषिकी छोरी रिद्धिमा कपुर र उनको परिवार अन्त्येष्टिमा सहभागी हुन पाएन।

अहिले ऋषि कपुरको अन्त्येष्टि अघिका केही तस्वीर सामाजिक सञ्जालमा देखा परेका छन्। ती तस्वीर भावुक बनाउने किसिमका छन्।

तीमध्ये एक तस्वीरमा ऋषि कपुरका छोरा एवं अभिनेता रणवीर कपुर आफ्नो बुवालाई एकटकले हेरिरहेको देख्न सकिन्छ।

उनी टाउको निहुँराएर उभिरहेका छन् र निकै संवेदनशील देखिन्छन्। उनलाई बाबुले संसार छाडेर गएको विश्वास नभएको जस्तो भावमा देखिन्छ।

अर्को एक फोटोमा आलिया भट्ट देख्न सकिन्छ। तस्वीरमा उनी पनि रोइरहेकी छन्।