इंग्लिस प्रिमियर लिगका बाँकी खेल अस्ट्रेलियाको पर्थमा गर्न प्रस्ताव

इंग्लिस प्रिमियर लिगका बाँकी खेल अस्ट्रेलियाको पर्थमा गर्न प्रस्ताव

कोरोनाभाइरसका कारण ब्रिटेनको व्यावसायिक फुटबल गतिविधि मार्चदेखि बन्द छन्। त्यसैले अनिश्चितकालका लागि स्थगित भएका सिजन २०१९-२० का लिग अन्त्य कहिले हुन्छ यकिन भन्न सक्ने स्थिति छैन।

आर्थिक घाटा कम गर्नका लागि फुटबल संघ र क्लबले सिजनका बाँकी खेलहरू खेल्न चाहिरहेका छन्। तर कोरोनाको जोखिम देशमा बढि भएकाले सरोकारवालाले समाधान खोजिरहेका छन्।

देशमा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा अस्ट्रेलियामा लिगका खेलहरू सञ्चालन गर्न प्रस्ताव गरिरहेको छ। ब्रिटेनको तुलनामा अस्ट्रेलियामा कोरोनाका कम बिरामी छन्। 

अस्ट्रेलियामा अहिलेसम्म ७ हजार बढी कोरोनाका बिरामी छन् भने सय जना ले ज्यान गुमाएका छन्। ब्रिटेनमा भने १ लाख ८४ हजार बिरामी छन् भने २८ हजारको ज्यान गइसकेको छ।

यो अवस्थामा अस्ट्रेलियाको पर्थमा प्रिमियर लिगका खेल गर्न प्रस्ताव गरिएको छ। फुटबल एजेन्ट ग्यारी विलियम्सले प्रिमिय लिगका क्लब र सरकारी अधिकारीसँग अस्ट्रेलियाको पर्थमा लिगका खेल गर्न कुराकानी भइरहेको बताए।