महत्त्वपूर्ण संरचनाकाे जिम्मा सेनालाई दिएर त्यहाँका प्रहरी सीमामा पठाइने

महत्त्वपूर्ण संरचनाकाे जिम्मा सेनालाई दिएर त्यहाँका प्रहरी सीमामा पठाइ...

कारागार, विकास निर्माण आयोजना लगायत महत्त्वपूर्ण संरचना सुरक्षाकाे जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाइने भएकाे छ।

आइतबार गृहमन्त्री रामबहादुर थापा 'बादल' काे उपस्थितिमा गृहमन्त्रालयमा बसेकाे बैठकमा साे सम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरिएकाे हाे।

निर्वाचनको समयमा महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई निर्वाचनमा परिचालन गरिने विगतको नजिर अनुरूप अहिले काेराेना महामारी नियन्त्रण गर्न सीमामा थप कडाइ गर्ने उद्देश्यले साे निर्णय गरिएको हाे।