नेपाल-भारत सीमामा प्रहरीमाथि आक्रमण

नेपाल-भारत सीमामा प्रहरीमाथि आक्रमण

बारा । बाराको सुवर्ण गाउपालिका ३ मा स्थित कबहीगोठमा नेपाल-भारत सीमामा एक हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् ।

बिहीबार दिउँसो करिब सय जना भारतीय नेपाल प्रवेश गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको बारा सशस्त्र प्रहरीले जानकारी दिएको छ ।पहिले दुई जना खेतीपाती गर्ने भनेर नेपाल प्रवेश गर्न खोजेका भारतीयलाई सीमामा ड्युटीमा रहेका सशस्त्र जवानले उनीहरूलाई आउन नदिएपछि फर्किएर गएर अरू मानिस बोलाएका हुन् ।

 

भीडमा आएकाहरूले सशस्त्र प्रहरीको चेकपोष्टमा ढुंगामुढा गरि चेकपोस्ट समेत तोडफोड गरेका थिए । ढुंगामुढा तथा तोडफोडबाट चेकपोष्टमा क्षति पुगेको छ । हवाई फायरपछि भारतीयहरू भागेको बताइएको छ ।