एप्पलले लन्च गर्यो नयाँ म्याकबुक-प्रो, यस्ता छन् प्रमुख विशेषता

एप्पलले लन्च गर्यो नयाँ म्याकबुक-प्रो, यस्ता छन् प्रमुख विशेषता

काठमाडौँ । एप्पलले लकडाउनको समयमा १३ इन्चको नयाँ म्याकबुक-प्रो लन्च गरेको छ 

एप्पल म्याकबुक-प्रो का साथै एप्पलले म्याजिक किबोर्ड समेत बजारमा ल्याएको छ । १३ इन्चको नयाँ म्याकबुकमा एप्पलले इन्टेलको १०औँ जेनरेशनको प्रोसेसर राखेको छ ।

एप्पलले नयाँ म्याकबुक प्रोको मुल्य अमेरिकामा १२९९ डलर राखेको छ । एप्पलले बजारमा छिट्टै यो नयाँ म्याकबुक उपलब्ध हुने बताएको छ । इन्टेलको १०औँ जेनरेशनको प्रोसेसर प्रयोग भएको यो म्याकबुकको स्पिड ४.१ गिगाहर्ज रहेको छ ।

एप्पलले यस अघिको म्याकबुकको भन्दा यसको स्पीड २.८ गुणा बढी रहेको बताएको छ । पुरानो म्याकबुक डुअल कोर प्रोसेसर रहेको थियो ।

त्यस्तै म्याकबुकको डिस्प्ले १३ इन्चको रहेको छ भने रिजुलेसन ६के रहेको छ । त्यस्तै यो म्याकबुक १६ जीबी र ३२ जीबी र्यामको विकल्पमा उपलब्ध रहेको छ भने २५६ जीबी स्टोरेज रहेको छ । त्यस्तै यो म्याकबुक ३२ जीबी र्याम र ४ टीबी स्टोरेज क्षमतामा पनि उपलब्ध हुने एप्पलले बताएको छ ।

यो म्याकबुकमा थंडरबोल्ट ३, यूएसबी-सी पोर्ट र हेडफोन ज्याक दिइएको छ । यसको अलावा यसमा टचआईडी फिंगरप्रिंट सेंसर समेत रहेको छ ।

साथै यसमा पुरानै म्याकबुकको जस्तो वाइड स्टेरियो स्पिकर रहेको छ । यसमा म्याजिक कीबोर्ड दिइएको छ जो यसअघिको म्याकबुकमा समेत थियो । नयाँ म्याकबुकमा ४के भिडियो एडिट गर्न सकिने बताइएको छ ।