कोरोनाको पिसिआर परीक्षण गर्न सांसदहरूको स्वाब संकलन

कोरोनाको पिसिआर परीक्षण गर्न सांसदहरूको स्वाब संकलन

काठमाडाैं- भोलिदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ। सांसदहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिने छ। त्यसका लागि बिहीबार बिहान १० बजेदेखि स्वाब संकलन सुरु भएको थियाे। पहिले राष्ट्रियसभा सदस्यको स्वाब संकलन गरिएकाे थियाे भने ११ बजेपछि प्रतिनिधिसभा सदस्यको भइरहेकाे छ। 

स्वाब संकलन संघीय संसद भवन परिसर बानेश्वरमा चलिरहेको छ।