एकाबिहानै निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक मृत्यु

एकाबिहानै निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक मृत्यु

 तस्विरः भुवन थापाको ट्विटरबाट। 

काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

आज बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो ।

कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए । दुर्घटनापछि सडकभर मासु छरिएको थियो ।