समय र संगीतले जुराएको अष्ट्रेलियामा “Rock From Home live Concert”

समय र संगीतले जुराएको अष्ट्रेलियामा “Rock From Home live Concert”

   संगीतको न भाषा हुन्छ न जात हुन्छ न यो देश न त्यो देश हुन्छ। अहिले हामीहरुलाई र विश्व भरीलाई एउटैमात्र कुराले रुवाएको छ जुन कोभिड १९ अर्थात कोरोना।
नेपालको विभिन्न ठाउँ बाट जानू भएका नेपालहरुले अष्ट्रेलियामा अध्ययनरत नेपाली बिद्यार्थीहरुले सांगीतिक कार्यक्रमको सुरुवात गरेका छन् । सन्त्रासलाई शक्तीमा बदल्न गत अप्रिल २९ तारिक देखी “Rock From Home live Concert” नामक लाईभ कन्सर्टको आयोजना गरिदैं आएका छन्

अष्ट्रेलिया बाट सुरुवात गरे पनि विभिन्न स्थान र देशलाई जोड्ने योजना बनाएर यो समयमा Nepalese Musicians in Australia नामक फेसबुकको समूह मार्फत प्रत्यक्ष प्रसारण भै रहेको यस कार्यक्रमले स्थानीय नेपाली कलाकारहरुलाई आफ्नो प्रतिभा देखाउन एउटा अनलाइन मंच प्रधान गरेको छ । जुन फेसबुक पेज मार्फत हरेक दिन कलाकारहरु आफ्नै घरमा सांगीतिक लाईफ गर्दै आएका छन् । विश्व आतंकका रुपमा देखिएको कोरोना कहरका समय संचालित यस कार्यक्रमले मानसिक रुपमा सन्त्रास झेलिरहेका सबैलाई मनोरञ्जनका माध्यमबाट सकारात्मक उर्जा दिईरहनु आफैंमा प्रशंसनिय काम हो ।


यस्तो विषम परिस्थितिमा यो मनोरञ्जनले केही समय मन सान्त र भयमुक्त बनाउने कार्य गरेको यस कार्यक्रम जोडिनु भएका नेपालहरुले बताउनुभयो।

यदि तपाईहरुलाई पनि घरमा बसेर नेपाली कलाकारहरुको संगीत सुन्न इच्छा छ भने तपाईंहरूले https://www.facebook.com/groups/1441672192702702/  फेसबुक समुहमा सामेल हुनसक्नु हुनेछ ।